अमेरिकी एफ–३५ लडाकु विमान पनि खस्न थालेपछि के इरान–इजरायल युद्धले नयाँ मोड लिन्छ

अमेरिकी एफ–३५ लडाकु विमान पनि खस्न थालेपछि के इरान–इजरायल युद्धले नयाँ मोड लिन्छ
  • ६ चैत्र २०८२, शुक्रबार १०:३०

काठमाडौं । अमेरिकी सेनाको एफ–३५ लडाकू विमानमा आक्रमण पछि आकस्मिक अवतरण गर्नुपरेको घटनाले इरान–इजरायल युद्धले नयाँ मोड लिएको छ । विश्वकै अत्याधुनिक मानिने अमेरिकी पाँचौँ पुस्ताका स्टेल्थु लडाक विमान एफ–३५ माथि आक्रमण भएको र आपतकालिन अवतरण गर्नुपरेको विभिन्न सन्चारमाध्यहरुले जनाएका छन् ।

mulpatra

यस घटनाले अमेरिकाको सामान्य सैन्य क्षति मात्र नगराएको बरु यसले युद्धमा अमेरिकी प्रभुत्वमाथिनै गम्भीर प्रश्न उठाएको बताइएको छ । एफ–३५ लडाकु जहाजहरू हमलाको सिकार हुनुले इरानको युद्ध तकनिक र अमेरिकाले युद्धमा लिने भावि रणनीतिलाई लिएर बहस सिर्जना गरिदिएको छ ।

सीएनएनले अमेरिकी मध्य कमान्डका प्रवक्ता तथा क्याप्टेन टिम हकिन्सलाई उल्लेख गर्दै ती स्टेल्थ जेटहरू आपत्कालीन अवतरण हुनु अघि इरानको आकाशमा सक्रिय युद्ध अभियानमा रहेको र इरान तर्फबाट आक्रमण भएको आशंका गरिएको छ ।

mulpatra mulpatra mulpatra

इरानमा जारी युद्धमा अमेरिकी एफ–३५ माथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो अमेरिकाले यसको छानविन गर्ने जनाएकोे छ । अमेरिका र इजरायल दुवैले प्रयोग गरिरहेका यी अजेय मानिने अत्याधुनिक विमानहरूको मूल्य प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ ।

एफ–३५ जस्तो अत्याधुनिक स्टेल्थ विमानमाथि भएको यो आक्रमणले युद्धको स्वरूप बदलिँदै गएको संकेत दिएको छ। यो केवल एक घटनामात्र नभई पश्चिमी हवाई प्रभुत्वको आधार हल्लाउने सम्भावित मोड को रूपमा हेरिँदैछ। समाचारलाई संसारभरका संचारमाध्यमले उल्लेखनीय रुपमा प्रसार गरेका छन् ।

गत साता इराकको पश्चिमी क्षेत्रमा लडाकू विमानमा इन्धन भर्न परिचालिन केसी–१३५ दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाको कारण स्पष्ट नभए पनि अमेरिकी सेनाले यो घटना न त शत्रु आक्रमण न त आफ्नै फायरका कारण भएको जनाएको थियो। उक्त दुर्घटनामा विमानमा सवार सबै छ जना चालकदल सदस्यको मृत्यु भएको थियो।

Image Source: © https://mulpatra.com

इरानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त बनाएको घोषणा गरेको अमेरिकाका अजेय विमानहरुले हार मान्नुले युद्धको अवस्था के हुने भन्ने अन्योल झन बढेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com