औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन नवनिर्वाचित सांसदलाई संसदसचिवालयको सुचना
काठमाडौँ । आगामी १२ गतेलाई तयार गरिएको नवनिर्वाचित सांसदहरुको सपथ कार्यक्रममा राष्ट्रिय पोशाकमा उपस्थित हुन संघीय संसद् सचिवालयले सुचना जारी गरेको छ । सुचनामा नवनिर्वाचित सांसदहरुले औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाक अनिवार्य लाउनु पर्ने आग्रह गरेको छ ।

सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ।
सांसदहरुले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
![]() |
![]() |
![]() |
|---|
साथै नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ को ढाँचामा रहेको शपथको ब्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।




