सहकारी पीडितका दुख ‘तेल, ग्यास सहकारीमा राखेको पैसा नहुँदा बास छैन’
काठमाडौं– सहकारी संस्थाहरुबाट पीडित बचतकर्ता फेरि सडकमा उत्रन लागेका छन् । झण्डै चार वर्षदेखि आन्दोलित उनीहरू आज मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर सरकारलाई पुनः खबरदारी गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आह्वानमा हुन लागेको प्रदर्शन मूल ‘तेल छैन, ग्यास छैन, सात–सात पटक गरेको सम्झौताको अत्तोपत्तो छैन, सहकारीमा राखेको पैसा छैन’ नारासहित आयोजना गरिँदैछ ।
पीडितहरूले पीडा गहिरो हुँदै गएको जनाउँदै सरकारसँग सात पटकसम्म सहमति भएपनि कार्यान्वयन शून्य भएको बताए । सम्झौता कागजमै सीमित हुँदा हजारौँ बचतकर्ताको पसिनाको अर्बौंको हिसाब अलपत्र छ ।
![]() |
![]() |
![]() |
|---|
सरकारले पटक–पटक आश्वासन दिए पनि न उनीरुको पैसा फिर्ता भएको छ, न दोषीमाथि कडा कारबाही । त्यसैले उनीहरु निरन्तर सडक आन्दोलनमा होमिँदै आएका हुन् । एकजना पीडितले भने, ‘अब पनि सुनुवाइ नभए आन्दोलन थप कडा बन्नेछ ।’



