मधेस प्रदेशलगायत कोसी र लुम्बिनीका विभिन्न स्थानमा प्रतिघण्टा ६० किमिसम्मको हुरी चल्ने सम्भावनारुख ढल्ने, छाना उड्ने खतरा
काडमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईमा आज (शुक्रबार) प्रतिघण्टा ५०–६० किमिसम्मको हुरी चल्ने सम्भावना छ ।

महाशाखाले आज बिहान ११ बजे हुरीबतारसम्बन्धी अध्यावधिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ ।
सूचनामा भनिएको छ, ‘आज चैत्र ०६ गते (शुक्रबार) मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी (करिब ५०–६० किमि÷घण्टा) चल्ने सम्भावना छ ।
![]() |
![]() |
![]() |
|---|
यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ ।’
साथै मौसम महाशाखाले यस विषयमा निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अध्यावधिक जानकारी गराइने जानकारी दिँदै सबैलाई अध्यावधिक मौसमी सूचना हेर्न अनुरोध गरेको छ ।



