Close

Recent Posts

माईतीघरमा सहकारी पीडित: वाचापत्रमा लेखेको सय दिने सम्झेका छौँ

माईतीघरमा सहकारी पीडित: वाचापत्रमा लेखेको सय दिने सम्झेका छौँ
  • ६ चैत्र २०८२, शुक्रबार १३:४६

काठमाडौं– सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितले काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

mulpatra

शुक्रबार उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन सुरु गरेको जनाएका छन्। झण्डै चार वर्षदेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितले सरकारसँग पटक–पटक सम्झौता भए पनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

सरकारले गरेका सम्झौता कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू फेरि सडकमा आएको जनाएका छन्।

mulpatra mulpatra mulpatra

उनीहरूले सरकार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचेत गराएका छन्। रास्वपाले चुनावी अभियानका क्रममा सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता लिने वाचा गरेको थियो। त्यसैलाई इंगित गर्दै उनीहरूले ‘वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ’ प्लेकार्ड प्रदर्शन गरेका हुन्।

त्यस्तै, ‘आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्’, ‘अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्’, ‘ठग सञ्चालकहरुको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्’ लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।