काठमाडौंसहित बुटवल पोखरामा मौसम सक्रिय, दिउँसै अँध्यारो र सर्तक रहन आग्रह
काठमाडौं– नेपालमा मौसमी प्रणाली सक्रिय भएको छ । लुम्बिनी प्रदेशबाट पश्चिमी वायुको ठूलो प्रणाली सक्रिय भएको हो । बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । अहिले दिउँसै अँध्यारो भएको छ ।

हाल उक्त प्रणाली नेपालगन्ज – दाङ– हुँदै बुटवल पोखरा पुग्दै छ । उक्त मौसमी प्रणाली लुम्बिनी हुँदै कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिने मौसम विभागले जनाएको छ ।
आज र भोलि लुम्बिनीको अधिकांश जिल्ला र कोशीका जिल्लाहरुमा हावाहुरीसहित असिना पानी पर्ने मौसम विभागले प्रक्षेपण गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौं को दक्षिणी भागमा – भैन्सेपाटी गोदावरी मा वर्षा हुन सुरु भएको मौसमविद सन्जिव अधिकारीले बताए ।
अबको केही घन्टा मै यो प्रणाली थप सक्रिय हुने र हावाहुरी असिना पानी बढ्दै जाने सम्भावना थप बलियो रहेको उनको भनाइ छ । सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।



