Close

Recent Posts

एन्टिरेबिज खोप अभाव भएको सार्वजनिक भएपछि मन्त्रालयले भन्यो देशभर १० हजार खोप छ

एन्टिरेबिज खोप अभाव भएको सार्वजनिक भएपछि मन्त्रालयले भन्यो देशभर १० हजार खोप छ
  • ११ असार २०८३, बिहीबार १६:०९

काठमाडौं । देशका विभिन्न क्षेत्रमा एन्टिरेबिज खोपको अभाव भएको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर पर्याप्त खोप मौज्दात रहेको दाबी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालहरूको भण्डारमा कुल १० हजार ११ भायल एन्टिरेबिज खोप मौज्दात रहेको छ।

mulpatra

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सहयोगमा दुई हजार ५०० भायल खोप प्राप्त भइसकेको र थप चार हजार ५०० भायल खोप केही दिनभित्र नेपाल आइपुग्ने सुनिश्चित भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरताका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाइएको बताएको छ। उपलब्ध खोपको व्यवस्थित वितरण र व्यवस्थापनमार्फत सेवा निरन्तर राख्न काम भइरहेको जनाउँदै स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा खोप सेवाको सहजीकरण गर्न आग्रह गरिएको छ।

mulpatra mulpatra mulpatra

मन्त्रालयका अनुसार काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै करिब ४० दिनलाई पुग्ने खोप मौज्दात रहेको छ। यद्यपि मन्त्रालयको दाबी र स्थलगत अवस्था भने फरक देखिएको भन्दै आलोचना भइरहेको छ। कतिपय जिल्लास्तरीय अस्पताल तथा स्वास्थ्य संस्थामा एन्टिरेबिज खोप अभाव हुँदा सर्वसाधारण उपचारका लागि निजी स्वास्थ्य संस्था वा ठूला अस्पताल धाउन बाध्य भएको गुनासो छ।

हालै खोप अभावका कारण समयमै उपचार नपाउँदा एक बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएपछि मन्त्रालयमाथि पर्याप्त मौज्दात रहेको तथ्यांक देखाएर वास्तविक समस्या ढाकछोप गर्न खोजिएको आरोपसमेत लागेको छ।