सरकार–दूतवासहरुकै नक्कली छाप बनाएर दुरुपयोग गरी दोषी ठहरिएका गैरे कसरी बने बैरो एसोसिएसनका अध्यक्षविधानविपरित कसरी छान्यो, अध्यक्षनै यस्तो भएपछि अन्य व्यवसायीमा कस्तो असर पर्ला (सर्वोच्च अदालतको फैसलासहित)
काठमाडौं– १३ औं साधारण सभाबाट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । तर अहिले उनीमाथि प्रश्न उठेको छ ।

गैरकानुनी रुपमा काम गरेको आरोप उनीसहित उनको म्यानपावर एमकन ओभरर्सिस प्रालिमाथि लागेको प्रमाण मूलपत्रले फेला परेको छ । गैरेले नक्कली प्रिन्ट र स्टिकरसहित अन्य काम गरेको माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी र माननीय न्यायाधीश श्री महेश शर्मा पौडेलले दोषीको फौसला नै फेला परिएको छ । उक्त फौसलामा उनलाई दोषी देखाइएको छ । भने उनले नक्कली प्रिन्ट र स्टिकरसहित दुरुपयोग गरेको पाइएको छ ।
गैरेले त्यतिबेला गरेको सबै कार्य मुद्धामा प्रष्ट खुलाएर फैसला गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
यो पनि पढौं
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी
Image Source: © https://mulpatra.com
माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल
फैसला
079-CR-0564
मुद्दा : वैदेशिक रोजगार कसूर।
| रूपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका, वडा नं.6 घर भई हाल, काठमाडौं महानगरपालिका, नयाँबानेश्वर बस्ने, Amcon Overseas Pvt. Ltd. (Lic No. 684) का सञ्चालक ऋषिरामको छोरा रामप्रसाद गैरे—————————–१ | पुनरावेदक प्रतिवादी |
| विरूद्ध | |
| अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्रसमेतको जाहेरीले नेपाल सरकार-१ | प्रत्यर्थी वादी |
079-CR-1904
| काठमाडौं जिल्ला, चन्द्रागिरि नगरपालिका, वडा नं.5 घर भई ललितपुर जिल्ला, पुल्चोक स्थित नेपाल निक प्रेसका सञ्चालक जीतलाल महर्जनको छोरा शेरबहादुर महर्जन——————————————————————१ | पुनरावेदक प्रतिवादी |

सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री रमेशकुमार खत्री
सदस्य श्री निशा बानियाँ
सदस्य डा. गोपीचन्द्र भट्टराई
वैदेशिक रोजगार न्यायाधिकरण
फैसला मितिः २०78।11।१6
न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) तथा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६ को उपदफा (२) बमोजिम यस अदालतको अधिकारक्षेत्र भित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
तथ्य खण्ड
- मेनपावर कम्पनीहरूले विदेश स्थित रोजगारदाता कम्पनीहरूबाट कामदारको डिमान्ड लेटर प्राप्त गर्दा कम्पनीले कामदारलाई दिने सेवा सर्त सम्झौता लगायतका कागजातहरू पठाउने गर्दछन् जुन कागजातहरू श्रम विभागबाट पूर्व स्वीकृति लिँदा विभागमा पेस गर्नुपर्ने हुन्छ। पूर्व स्वीकृति नभई अन्तिम स्वीकृति प्राप्त हुँदैन। कतिपय कामहरूको पूर्वस्वीकृति लिँदा मेनपावर कम्पनीहरूले विभागमा पेस गरेको विवरण र रोजगारको लागि प्राप्त हुन आएका भिसा लगायतका कागजातहरू आपसमा मेल खाँदैनन्। पूर्व स्वीकृतिमा पेस गरेको विवरण अन्तिम स्वीकृति लिँदा पेस गरेको विवरण नमिलेमा श्रम स्वीकृति दिन मिल्दैन। यस्तो अवस्थामा मेनपावर कम्पनीले नक्कली कागजातहरू बनाई श्रम विभागका कर्मचारीहरूलाई घुस रकम दिएर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा कामदार पठाउने गरेका छन्। यसरी कामदार पठाउँदा चाहिने नक्कली कागजातहरू ललितपुर पुल्चोक स्थित नेपाल निक प्रेसका सञ्चालक शेरबहादुर महर्जनले तयार गर्दछन्। सो काम गर्ने मेनपावर कर्मचारी र प्रेस सञ्चालकलाई कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको भ्रष्टाचार विरोधी देशभक्त नागरिकको तर्फबाट मिति 2071।3।27 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बेनामी उजुरी निवेदनको प्रतिलिपि।
- ललितपुर जिल्ला स्थित पुलचोकमा शेरबहादुर महर्जनले सञ्चालन गरेको नेपाल निक प्रिन्टिङ प्रेस तलासी लिँदा डाइभर/फन्ट कलेक्सन थान (कम्प्युटरको), प्रिन्टर इंक कार्टेज पहेंलो १, निलो १, विजनेश डेली डायरी खैरो रङको, गृह मन्त्रालयको रवर स्टाम्प, स्थानीय विकास मन्त्रालय पञ्जिकरणको रवर स्टाम्प, टेरा पम्प डेन्टल यू.ए.ई. को रवर स्टाम्प, एम्वेसी अफ मलेसिया कन्सुलर अफिसरको रवर स्टाम्प रोटरी पब्लिक मलेसियाको रवर स्टाम्प, स्थानीय पंजिकाधिकारीको रवर स्टाम्प, OBC international को रवर छाप, साउदीको स्टिकरमा रहने होलोग्राम, फाडल खालिजायफर ट्रेडिङ रवर छाप, टि. एस. एस. सेक्युरिटी सर्विस एम.एस.डि.ए.वि.एच.डि. को रवर छाप, चिन गुडिङ इन्जिनियरिङ सप्लाइको छाप, फाउन्डेसन गल टेफर ट्रेडको छाप, अरेविक भाषामा लेखिएको छाप, प्राइम लाईफ इन्सुरेन्स हात्तीसारको छाप, वि पेन प्लाष्टिकको रवर छाप, ट्रन्सी सेक्युरिटी सर्विसको रवर छाप, ड्राइमिक्स पर्ल वि वि एन ति डि को रवर छाप, मनकामना माध्यामिक विद्यालयको रवर छाप, इन्जेदाहको रवर छाप, टेलिफेन्स मेडिकल एस.डि.एन. लेखिएको रवर छाप, अवुधावी नेसनल होटल्सको रवर छाप, मो. नासिर एरिस कन्सुलर अफिसरको रवर, सर्टिफाइड टुर मलेसिया लेखिएको रवर, अवुधावी चेम्वरको रवर छाप, एटेस्टेड अफ वाइ द एम्वेसी अफ नेपाल रवर छाप, निनप्रसाद पौडेल डि.एस.पि. लेखिएको रवर छाप, हेड मास्टर लेखिएको रवर छाप, एम्वेसी अफ नेपाल यू.ए.ई छाप, नुवाकोट माध्यमिक विद्यालयको रवर छाप, राइट वे इन्टरप्राइजेज प्रा.लि. जावेलाखेलको रवर छाप, सारजाह चेम्वर अफ कमर्सको रवर छाप लेवर इम्पोएल्मेन्टको रवर छाप, दुवई यू.ए.इ. को रवर छाप, सारजाह टेक्सको रवर, दिग पेरिकास्टको रवर छाप, एल.एस.पि.सि.एम लेखिएको रवर छाप, मलेसियाबाट आउने डिमाण्ड लेटरमा टासिने रातो स्टिकर, वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न मेन पावरबाट सच्याउनको लागि ल्याइएको स्टिकर झिकी अन्य प्रयोग गरिसकेको स्टिकरविहिन कागजहरू, विदेश स्थित विभिन्न कम्पनीबाट प्राप्त डिमान्ड लेटरहरूको कागजातहरू लगायत विभिन्न कागजातहरू, कम्प्युटर सि.पि.यु. कम्प्युटरमा प्रयोग हुने कालो रङको पेन ड्राइभ 24 Feb 2014 देखि 10 July 2014 सम्म पाना ३२ मा अभिलेख लेखिएको Right way enterprises जावलाखेलको नामको डे वुक स्लिपसमेतका दशीका सामान वरामद भएको भन्नेसमेत व्यहोराको वरामदी मुचुल्काको प्रतिलिपि।
- मैले हाल पुल्चोकमा नेपाल निक प्रिन्टीङ प्रेस सञ्चालन गर्दै आएको छु। सो प्रेसबाट विभिन्न मेनपावर कम्पनी, कलेज, स्कूल, संघ संस्थासमेतबाट माग भए अनुसार आवश्यक छपाईसम्बन्धी काम गर्दछु। मेरो प्रेस अफिसबाट वरामदी विभिन्न सामग्रीहरू मेनपावर कम्पनी र विदेश जान चाहने व्यक्तिहरू आफैँ आइ बनाउन दिएका सामग्रीहरू हुन्। मैले कुनै कुनैमा पानीले भिजाई स्टिकर छाप भिजाई उप्काएर उनिहरूले ल्याएको कागजातमा टाँस्ने गरेको छु। त्यसपछि तिनिहरूले कहाँ लगि केमा प्रयोग गर्छन थाहा छैन। आवश्यक कागजपत्र उनीहरूले आफैँ ल्याउँदछन् कुनै फर्काएर लान्छन कुनै त्याहिँ छाड्दछन्। छाप स्टिकर उप्काए पछि कम्पनीले ल्याएका कागजातमा टाँसीदिने गरेको हो। यसो गर्दा तपाईलाई केही हुँदैन, विभागमा हाम्रो सेटिङ छ भन्दथे, स्टिकर टाँसी पठाउँदा रू.५००।- देखि रु.१,०००।- दिन्थे। छाप स्क्यान गरेर कागजमा प्रिन्ट गर्दा रू.६०००।- देखि रू.७०००।- दिन्थे, बिग्रको कागज, स्टिकर, विवरण pen drive ल्याउथें र सो पश्चात सबै काम म आफैँ गर्दछु pen drive मा ल्याएका विवरणहरू प्रिन्ट गरेपछि फिर्ता गर्दछौ भन्नेसमेत व्यहोराको प्रतिवादी शेरबहादुर महर्जनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान।
- म नेपाल निक प्रेसमा २ बर्षदेखि काम गर्दै आएको छु। मासिक तलब रू.१०,०००।- छ। सो प्रेसमा कम्प्यूटर अपरेटरको काम गर्दछु। प्रेसमा हुने सबै कामहरू जस्तै ब्रोसर, लेटरहेड, बिल प्याड, भौचर डिजाइनको साथै, मेनपावर तथा अन्य संस्थाको भिजिटिङ कार्डसमेत बनाउछु। मेनपावर कम्पनीका सञ्चालकहरूले साहूलाई कागजपत्र सच्याउन दिने र ती काम गर्न साहूले मलाई तोक्ने हुँदा साहूको आदेशानुसार मैले तयार गरिदिने गर्दछु। साहूले दिएको आदेशअनुसार गर्नुपर्ने कामको सानो clip डायरीमा टिप्ने गरेको छु। साहूको अफिसको नाम अरूण डंगोल हो। तर बास्तविक नाम भने शेरबहादुर महर्जन हो। मैले साहूले भने अनुसारको काम गर्ने गरेको हो। प्रेसको अफिसबाट वरामदी Day Slip मैले नै लेखेको हो। साहूले गर्न दिएको काम सम्झिन सजिलोको लागि टिप्ने गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मनिलकुमार महर्जनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयान।
- नेपाल निक प्रेसमा मेरो प्रा. लि. को भिजिटिङ कार्ड, फाइल लगायतका अफिसियल छपाइका काम गर्ने गरेको छु। उक्त प्रेसमा रहेको अभिलेखबाट खुल्न आएका मेरा विभिन्न कागजात फाइलहरूका सम्बन्धमा सुल्तान न्याचुरल स्टोन फ्याक्टरीमा कामदार पठाउन लट नं. ९३२५९ बाट पूर्वस्वीकृति लिएको र अल जजिरा कम्पनीमा कामदार पठाउन लट नं. ९३६६० बाट श्रम स्वीकृति लिएका फाइल कागजातहरू मेरा सक्कली हुन् । सो बाहेक AI-Somali Restaurant बाट प्राप्त Demand लेटरमा Working Hour १० घण्टा लेखिएको थियो, ८ घण्टा बनाई सच्याई लट नं.९५२३८ बाट पूर्वस्वीकृति लिएको हो। Fipco Filing & Packing कम्पनीबाट प्राप्त कागजमा मोफाको छाप पछि लगाएर लट नं. ८७८२१ बाट १४ जनाको पूर्वस्वीकृति निकाली रोजगारमा कामदार पठाएको United Regional Company बाट प्राप्त कागजमा मोफाको छाप पछि लगाएर लट नं. ९५२४१ बाट पूर्वस्वीकृति लिएको हो। Sayed Abdullaha Mohamed बाट प्राप्त Demand Letter अनुसार प्राप्त भिसामा Chef लेखिएको हुँदा Demand Letter मा समेत Chef गरी Demand सँग मिलाएर लट नं. ९६०६६ बाट पूर्वस्वीकृति लिएको हो। Est Hussain Mohamed Bin बाट प्राप्त कागजमा पहिला सेलरी ८०० मात्र थियो सो ८०० को अगाडि १ थपेर १८०० बनाई उक्त कागजहरूबाट लट नं. ९३६५९ बाट ३० जनाको पूर्वस्वीकृति लिई ८ जनाको अन्तिम श्रम स्वीकृति लिएको हो। मलेशियामा NL Mechanical सँग मेरो कम्पनीको कुनै सम्बन्ध छैन। बनाइएका सच्याइएका कागजहरू नेपाल निक प्रेसबाट भएका हुन्। बनाई सच्याईसकेपछि श्रम प्रतिनिधिलाई पठाएको हुँदा विभागमा पूर्वस्वीकृतिको लागि फाइल पेस गर्ने श्रम प्रतिनिधि तथा विभागमा कर्मचारीलाई जानकारी छैन। कोही कुनै कर्मचारीसँग मिलेमतो गरी श्रम स्वीकृति निकालिएको होइन भन्नेसमेत व्यहोराको Amcon Overseas Pvt. Ltd. (Lic No. 684) का सञ्चालक रामप्रसाद गैरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरेको बयानको प्रतिलिपि।
- अनुसन्धानमा खुलाई दिएको बयान व्यहोरा, बरामद तथा संकलित कागजातहरू अध्ययन गर्दा प्रतिवादीहरूले गलत तथा आफू अनुकुल सच्याइएका हेरफेर गरिएका कागजातहरू संलग्न गरी श्रम स्वीकृति लिए दिएको देखिन आएकोले प्रस्तुत विषय उपर अनुसन्धान एवं छानविन गरी प्रचलित कानून बमोजिम जो जे गर्नुपर्ने हो गर्न अनुसन्धानबाट देखिन आएका वस्तुस्थिती विवरण र बरामद भएका कागजात प्रमाणहरू समेतका विवरण खुलाई सक्कलै फाइल संलग्न राखी वैदेशिक रोजगार विभागलाई लेखी पठाउने भनी निर्णय भएको हुँदा अनुसन्धानबाट देखिन आएको वस्तुस्थिती विवरण र बरामद कागजातहरू समेत संलग्न पञ्जिकाबमोजिमका सक्कल कागजातहरू रहेका फाइल पत्र साथ संलग्न राखी आवश्यक कार्यार्थ निर्णय जानकारी गराइएको व्यहोरा अनुरोध गरिएको छ भन्नेसमेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले च.नं. ३६55 मिति 2072।3।11 मा वैदेशिक रोजगार विभागलाई लेखेको पत्र।
- एमकोन ओभरसिज प्रा.लि. इ.प.नं. 684 कोकारोवार अनुसन्धान टुङ्गो नलागे सम्मका लागि रोक्का राख्ने गरी वैदेशिक रोजगार विभागबाट मिति 2072।४।1७ मा भएको टिप्पणि र आदेश।
- आयोगमा लेखाएको बयान म आफैँले लेखाएको हो। कम्पनीबाट जस्तो कागज आयो त्यस्तै पेस गरेको हो। मैले सच्याएको होइन। कम्पनीको Demand Letter मा ३ को पछाडी थपी ३० बनाइएको र Salary ८०० को अगाडि १ अङ्क थपेर १८०० बनाए जस्तो देखिएपनि सो कागज श्रम प्रतिनिधिले पेस गरेको हो। लट नं. ९३६५९ बाट ३० जनाको पूर्व स्वीकृति लिई जनाको लागि अन्तिम स्वीकृति लिई पठाइसकेको छु। लट नं. ९५२४१ र ८७८२१ को Demand Letter मा लागेको मोफा स्टिकरको टिकटको विचमा मात्रै छाप लागेको देखिएपनि मोफा टिकट कम्पनीबाटै लागि आएको हो। पठाउने सबै कम्पनी आधिकारीक भएको हुँदा Working Hour जस्ता सामान्य कुराहरू कम्पनीबाट त्रुटी भै आएकोले निक नेपाल प्रेसबाट मिलाएको हो भन्ने समेत व्यहोराको Amcon Overseas Pvt. Ltd. (Lic No. 684) का सञ्चालक रामप्रसाद गैरेले अनुसन्धानका क्रममा वैदेशिक रोजगार विभागमा गरेको बयान।
- मैले हाल पुल्चोकमा नेपाल निक प्रिन्टीङ प्रेस सञ्चालन गर्दै आएको छु। सो प्रेसबाट विभिन्न मेनपावर कम्पनी, कलेज, स्कूल, संघ संस्था समेतबाट माग भए अनुसार आवश्यक छपाई सम्बन्धी काम गर्दछु। मेरो प्रेस अफिसबाट वरामदी विभिन्न सामग्रीहरू मेनपावर कम्पनी र विदेश जान चाहने व्यक्तिहरू आफैँ आइ बनाउन दिएका सामग्रीहरू हुन्। मैले कुनै कुनैमा पानीले भिजाई स्टिकर छाप भिजाई उप्काएर उनिहरूले ल्याएको कागजातमा टाँस्ने गरेको छु। त्यस पछि तिनिहरूले कहाँ लगि के मा प्रयोग गर्छन थाहा छैन। आवश्यक कागजपत्र उनीहरूले आफैँ ल्याउदछन। कुनै फर्काएर लान्छन कुनै त्याही छाड्दछन्। छाप स्टिकर उप्काए पछि कम्पनीले ल्याएका कागजातमा टाँसीदिने गरेको हो। यसो गर्दा तपाईलाई केही हुँदैन, विभागमा हाम्रो सेटिङ छ भन्दथे, स्टिकर टाँसी पठाउँदा रु.५००-१०००।- दिन्थे, छाप स्क्यान गरेर कागजमा प्रिन्ट गर्दा ६००० देखि ७००० दिन्थे, बिग्रको कागज, स्टिकर, विवरण pen drive ल्याउथें र सो पश्चात सबै काम म आफैँ गर्दछु pen drive मा ल्याएका विवरणहरू प्रिन्ट गरेपछि फिर्ता गर्दछौ। त्यस्तै Amcon Overseas Pvt. Ltd. (Lic No. 684)को प्रेससम्बन्धी सबै काम मेरो प्रेसबाट हुन्छ । प्रेसको काममा आएका केही कागजातहरू वरामदी भएको हुनुपर्दछ। उक्त कम्पनीका के के कागज तयार भए लामो समय भयो सम्झना छैन। Day Slip मा उल्लेख भएको हुनुपर्दछ। श्रम स्वीकृतिका लागि पेस भएका कागजातको हकमा मेनपावर कम्पनी नै जिम्मेवार हुनुपर्ने भन्नेसमेत व्यहोराको प्रतिवादी शेरबहादुर महर्जनले अनुसन्धानका क्रममा वैदेशिक रोजगार विभागमा गरेको बयान।
- म नेपाल निक प्रेसमा २ बर्ष देखि काम गर्दै आएको छु। मासिक तलब रू.१०,०००।- छ । सो प्रेसमा कम्प्युटर अपरेटरको काम गर्दछु। प्रेसमा हुने सबै कामहरू जस्तै ब्रोसर, लेटरहेड, बिल प्याड, भौचर डिजाइनको साथै, मेनपावर तथा अन्य संस्थाको भिजिटिङ कार्ड समेत बनाउँछु। मेनपावर कम्पनी का सञ्चालक हरूले साहू लाई कागज पत्र सच्याउन दिने र ति काम गर्न साहूले मलाई तोक्ने हुँदा साहूको आदेशानुसार मैले तयार गरिदिने गर्दछु। साहूले दिएको आदेश अनुसार गर्नुपर्ने कामको सम्झनाको लागि सानो clip डायरीमा टिप्ने गरेको छु। साहूको अफिसको नाम अरुण डंगोल हो। तर बास्तविक नाम भने शेर बहादुर महर्जन हो। मैले साहूले भने अनुसारको काम गर्ने गरेको हो। काम गलत वा सही के हो मलाई थाहा छैन। प्रेसको अफिसबाट वरामदी Day Slip मैले नै लेखेको हो। Day Slip मा लेखिएका हस्ताक्षर मेरै हुन Amcon Overseas Pvt. Ltd. (Lic No. 684)को प्रोफाइल समेतका कागजातहरू तयार गरे राम्रो लाग्छ। प्रेस सञ्चालकलाई थाहा होला। हाल सबै सम्झना छैन भन्नेसमेत व्यहोराको प्रतिवादी मनिलकुमार महर्जनले वैदेशिक रोजगार विभागमा गरेको गरेको बयान।
- Amcon Overseas Pvt. Ltd. (Lic No.684) का सञ्चालक रामप्रसाद गैरेले वैदेशिक रोजगार विभागबाट लट नं. ९६०६६बाट पूर्व स्वीकृति लिँदा Sayed Abdullaha Mohand कम्पनीको Demand Letter मा General (Chef) को पछाडी लेखिएको अक्षरको प्रकृति टाकालाई हेर्दा, कागजात थपिएको साथै लट नं.९३६५९बाट पूर्व स्वीकृति लिँदा पेस भएको Est Hussain Mohamed Bin कम्पनीको Demand Letter मा कामदारको माग संख्या र कामदारले पाउने मासिक Salary उल्लेख भएको अङ्क अक्षरमा माग संख्या ३ को पछाडी ० थपी ३० बनाइएको र मासिक तलब ८०० भएकोमा अगाडि १ अङ्क थपी १८०० बनाइएको, लट नं. ९५२४१बाट पूर्व स्वीकृति लिँदा पेस भएको United Regional Company को Demand Letter लगायतमा टाँसिएको मोफा टिकटको अवस्थालाई हेर्दा, टिकटमा मात्र मसि लागेको तर टिकट टाँस भएको पेपरमा टाँसिएको टिकटमा परेको छापको बाँकी मसी र छापको माग नपरेकोबाट अन्य पेपरमा टाँस भएको टिकट उप्काई सो Demand Letter मा टाँस गरिएको, लट नं.८७८२१बाट पूर्व स्वीकृति लिएको Fipco Filing & Packing कम्पनीको Demand Letter समेतमा टाँस भएको मोफा टिकट अवस्थालाई अध्ययन गर्दा टिकटमा मात्रै मसी लागेको टिकटमा परेको छापको बाँकी भागको मसी र छाप पेपरमा पनि लगाउनु पर्नेमा नलाएको देखिएबाट अन्य पेपरमा प्रयोग भएको मोफा टिकट निकाली अन्य डिमान्ड लेटर समेतमा प्रयोग भएको, लट नं.९८३१३ बाट पूर्व स्वीकृति लिँदा पेस भएको Eed Sead Bakhroosh Gamdhi कम्पनीको डिमान्ड लेटरमा पनि अन्य पेपरमा प्रयोग भै सकेको मोफा टिकटको झिकी अन्य लट नं. सँग सम्बन्धित Demand Letter मा टाँस गरी पूर्व स्वीकृति लिएको र लट नं.९५२३८बाट उक्त कम्पनीले साउदी अरव स्थित Al Somli Restaurant बाट माग भएको Driver जना १ को लागि प्राप्त Demand Letter र Agreement Letterमा Working Hours मा १० घण्टा उल्लेख भै आएकोमा १० अङ्कलाई उडाई ८ घण्टा लेखिएको उल्लेखित कम्पनी र लट नं.९६०६६, ९३६५९, ९५२४१, ८७८२१, ९८३१३ र ९५२३८ सँग सम्बन्धित कागजातहरूमा थप घट गरी वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७(१) अन्तर्गतको कसूर गरेकोले निज प्रतिवादी रामप्रसाद गैरेलाई सोही दफा बमोजिम अधिकतम सजाय हुन तथा नेपाल निक प्रेसका सञ्चालक शेर बहादुर महर्जन, कर्मचारी मनिल कुमार महर्जनले नक्कली कागजात बनाउने, थपघट गरी मतियारको भूमिका निर्वाह गरेकोले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५६ बमोजिमको अधिकतम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र।
- मैले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति लिएको छु। मेरो संस्थाको नाम Amcon overseas pvt.ltd हो। इजजात पत्र नं. 684/063-64 हो। उक्त संस्थामा म र गणेशप्रसाद पन्त सञ्चालक छौँ। उक्त संस्थामा मेरो 50% शेयर रहेको छ। डिमाण्ड लेटरहरू स्वयंम कम्पनीले नै पठाएको हुँदा र उसले मागे बमोजिमकै मान्छेहरू गएका हुँदा यो चाही यहा लट नं. मा जुन त्रुटी देखाएको छ त्यो मैले नगरेको प्रष्ट पार्दछु। मुचुल्का कागज मेरो संस्थासँग सम्बन्धित कागजातहरू बरामद भएको छैन। मेरो संस्थासँग सम्बन्धित लट नं. का फायलहरू म आफैँले आयोगमा बुझाएको हूँ। शेरबहादुर महर्जनले माग पत्र बनाएर विदेश स्थित कम्पनीमा पठाउन पाइदैन मागपत्र विदेश स्थित स्वयंम काम्पनीको हुनुपर्छ कुन काम कति पारिश्रमिक भन्ने काम विदेश स्थित कम्पनीको हो। मलाई अभियोग माग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको Amcom overseas pvt.ltd का सञ्चालक प्रतिवादी रामप्रसाद गैरेले न्यायाधिकरणमा गरेको बयान।
- पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन अ.वं ११८ नं. को देहाय दफा ५ र १० का आधारमा यी प्रतिवादीबाट नगद रु.२,००,०००।- (दुई लाख रूपैयाँ) वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति 2073।7।8 मा भएको आदेश।
- मैले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति लिएको छैन। म विगत २०६९ साल देखी शेर बहादुर महर्जनले सञ्चालन गरेको नेपाल निक प्रिन्टिङ्ग प्रेसमा कम्प्यूटर अपरेटर सम्बन्धी काम गर्दछु। मैले प्रोफाइल, भिजिटिङ कार्ड, लेटर हेड, भौचर, फ्लेक्सको डिजायन गर्ने काम गर्दछु। कुनै पनि गर्न नमिल्ने काम मैले गरेको छैन। प्रस्तुत मुद्दामा प्रा.लि.का सञ्चालकको माग बमोजिम विभिन्न कागजातहरूको विवरण फेरबदल गर्ने कार्य मैले गरेको होइन। म प्रेसको कर्मचारी मात्र हूँ, म उपरको अभियोग दावी झुट्ठा हो। के-कुन सामग्रीहरू बरामद गरेका हुन मलाई थाहा भएन। म काम गर्ने प्रेसमा वरामदमा उल्लेखित रवर स्ट्याम्प, छाप केही पनि थिएनन् काहाँबाट ल्याए मलाई थाहा जानकारी छैन। वैदेशिक रोजगार विभागको बयान मैले भने बमोजिम लेखिएको ठिक छ। मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मनिल कुमार महर्जनले वैदेशिक रोजगारन्यायाधिकरणमा गरेको बयान।
- मैले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति लिएको छैन। मैले नेपाल सरकारबाट नेपाल निक प्रेस दर्ता गराई सञ्चालन गरी रहेको छु। प्रस्तुत मुद्दामा प्रा.लि. का सञ्चालकको माग बमोजिम विभिन्न कागजातहरूको विवरण फेरबदल गर्ने कार्य मैले गरेको होइन। म उपरको अभियोग दावी झुट्ठा हो। खानतलासी तथा वरामदी मुचुल्कामा मेरो प्रेसबाट बरामद भएका सामानहरू मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट वुझी लिएका सामग्रीहरू मात्र हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुचुल्का कागज अनुसन्धान आयोगको कार्यालयमा नै तयार गरेका हुन्। त्यसमा अन्य विभिन्न सामानहरू पनि बरामद भएको भनी उल्लेख गरी मलाई पढ्नसमेत नदिई जबरजस्ती मलाई फसाउनका लागि उक्त मुचुल्कामा सहिछाप गर्न लगाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरेको बयान मेरो स्वइच्छाको बयान होइन। उक्त छापहरू सम्बन्धमा मलाई थाहा छैन। अख्तियारले जबरजस्ती यी सामग्रीहरू पनि तेरो प्रेसका हुन भनेर जबरजस्ती बयानमा लेख्न लगाएको हो। वैदेशिक रोजगार विभागको बयान मैले भने बमोजिमको हो। मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी शेरबहादुर महर्जनले वैदेशिक रोजगार न्यायाधिकरणमा गरेको बयान।
- पछि प्रमाण वुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी शेरबहादुर महर्जनबाट हाललाई मुलुकी ऐन अ.व. १८ नं को देहाय दफा ५ र १० का आधारमा नगद रू. ५०,०००।- (पचास हजार रूपैयाँ) धरौट माग गरिएको छ। निजले अनुसन्धानको क्रममा वैदेशिक रोजगार विभागले माग गरेको धरौट रू.१८,००,०००।- मिति २०७२।६।१२ मा नगदै धराट राखेको स.फौ.नं. 320 को मिसिल संलग्न रसिदबाट देखिँदा प्रस्तुत मुद्दामा माग गरेको घरौट रकम उक्त धरौटी रकम बाटै कायम गरी दिएको छ। उक्त धरौट रकम वैदेशिक रोजगार विभागबाट मगाई यस न्यायाधिकरणको घरौटी खातामा आम्दानी बाधीँ प्रतिवादी शेर वहादुर महर्जनलाई तारेखमा राख्नु। प्रतिवादी मनिल कुमार महर्जनलाई साधारण तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्ने गरी भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको आदेश।
- प्रतिवादीहरूको साक्षी निजै मार्फत र अभियोग पत्रको प्रमाण खण्डमा उल्लेखित बरामदी मुचुल्काका मानिसहरू र बरामत मुचुल्का तयार गर्ने कर्मचारीहरू समेतलाई बकपत्रका लागि विशेष सरकारी वकिल कार्यालयमार्फत उपस्थित गराउन लगाई निजहरूको बकपत्र गरी नियम अनुसार पेस गर्नु भन्नेसमेत व्यहोराको न्यायाधिकरणबाट भएको आदेश।
- प्रतिवादीले कुनै त्यस्तो कागजातको हेरफेर या किर्ते गर्ने कार्य गरेका छैनन्। जस्तो कागजात रोजगारदाता कम्पनीबाट आएको छ सोही अनुसार पेस गरेका हुन्। निजले आरोप कसूर अनुसार कार्य गरेका छैनन्। निज उपरको आरोपित कसूर झुट्ठा हो। उल्लेखित प्रेसबाट कागजातहरू सच्याएको भन्ने कुरा झुट्ठा हो। निज ईमान्दार म्यानपावर व्यवसायी हुन् भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद गैरेका साक्षी गणेशप्रसाद पन्थले वैदेशिक रोजगार न्यायाधिकरणमा गरेको बकपत्र।
- प्रतिवादी शेर बहादुर महर्जनलाई लगाईएको आरोप झुट्ठा हो। उहाँको नेपाल निक प्रिन्टिङ प्रेसमा Amcom overseas pvt.ltd म्यानपावर कम्पनी लगायत विभिन्न कम्पनीले विभिन्न प्रिन्टिङ सम्बन्धी काम लगाउने र त्यसले भने बमोजिमको काम मात्र उहाँले गर्ने भएकाले उहाँले वैदेशिक रोजगार कसूर गरेको भनी दिएको जाहेरी झुट्ठा हो। निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी संजय राईले वैदेशिक रोजगार न्यायाधिकरणमा गरेको बकपत्र।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामार्दा म नेपाल निक प्रेसको कर्मचारी थिएँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०७१।३।२७ मा उक्त प्रेसमा छापा मार्दा मैले वरामदी मुचुल्का तयार गर्ने क्रममा उक्त प्रेसमा भएका सामानहरू उपलब्ध गराएको हूँ। म अफिसको काम गर्दै थिएँ। मलाई सही गर भनी ल्याएको कागजमा सही गरिदिएको हो । मेरो उपस्थितिमा वरामदी मुचुल्का तयार भएको होइन भन्नेसमेत व्यहोराको वरामदी मुचुल्काका मानिस संजय राईले मुद्दा नं. 077-FT-0084 को मुद्दामा गरेको बकपत्र।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामार्दा म नेपाल निक प्रेसको कर्मचारी थिएँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०७१।३।२७ मा उक्त प्रेसमा छापा मार्दा मैले वरामदी मुचुल्का तयार गर्ने क्रममा उक्त प्रेसमा भएका सामानहरू उपलब्ध गराएको हुँ । म अफिसको काम गर्दै थिएँ। मलाई सही गर भनी ल्याएको कागजमा सही गरिदिएको हो । मेरो उपस्थितिमा वरामदी मुचुल्का तयार भएको होइन भन्ने समेत व्यहोराको वरामदी मुचुल्का मानिस नविन के.सी.ले मुद्दा नं. 077-FT-0084 को मुद्दामा गरेको बकपत्र।
- मिति २०७१।३।२७ मा नेपाल निक प्रेसमा छापा मारी तयार भएको प्रवेश मुचुल्का र वरामदी मुचुल्का हो। उक्त प्रेसबाट मुचुल्का बमोजिमको सामान वरामद भएको ठीक साँचो हो। नेपाल निक प्रेस, प्रेस भएको कुरा ठीक हो तर संवेदनशिल छापहरू गैर कानूनी ढंगले तयार पारेको वरामदी मुचुल्काबाट देखिएको हो। मुचुल्का बमोजिमको वरामद गरेको कुरा ठीक साँचो हो भन्ने समेत व्यहोराको वरामदी मुचुल्का तयार गर्ने प्रहरी नायव उपरीक्षक अजय के.सी., अ.दु.अ.आ.का कम्प्यूटर अपरेटर संजीव पोखरेल, प्रहरी नायव निरीक्षक रुजनकुमार पण्डीत, प्रहरी सहायक निरिक्षक डम्वरकुमार श्रेष्ठ, प्रहरी सहायक निरिक्षक विमल अधिकारी, प्रहरी जवान संजीव चौधरी र सवारी चालक राजकुमार दाहालले मुद्दा नं. 077-FT-0084 को मुद्दामा गरेको प्रायः एकै मिलानको छुट्टा-छुट्टै बकपत्र।
- पुनरावेदक नेपाल सरकार प्रतिवादी रामजीप्रसाद बरालसमेत भएको मु.नं ०७४-CR-१२९१ को भ्रष्टाचार मुद्दा कारवाहीयुक्त अवस्थामा भएको हुँदा माग बमोजिमको दशीको सामानहरू पठाउन नसकिने भन्नेसमेत व्यहोराको सम्मानित सर्वोच्च अदालतको च.नं १०१३७ मिति २०७५।४।३१ को पत्रबाट लेखि आएको देखिँदा र प्रस्तुत मुद्दा किनारा गर्नको लागि दशीको सामान आवश्यक पर्ने हुँदा सर्वोच्च अदालतमा दायर भएको मु.नं ०७४-CR-१२९१ को भ्रष्टाचार मुद्दाको अन्तिम किनारा भई दशीको सामान प्राप्त भएपछी जगाइ बाँकी कारवाही गर्ने गरी प्रस्तुत मुद्दा वैदेशिक रोजगार न्यायाधिकरण नियमावली, २०६८ को नियम ३७ बमोजिम मुलतवीमा राखिदिएको छ भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको मुलतवी आदेश।
- सर्वोच्च अदालतबाट मुद्दा नं. ०७४-CR-१२९१ को भ्रष्टाचार मुद्दाको फैसलाको प्रतिलिपि र विशेष अदालत काठमाण्डौबाट दशिका सामानहरू प्राप्त भएको देखिँदा प्रस्तुत मुद्दा मुलतवीबाट जगाई दिएको छ भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको आदेश ।
- Amcon Overseas Pvt. Ltd. (Lic No. 684)का सञ्चालक प्रतिवादी रामप्रसाद गैरेले वैदेशिक रोजगार ऐन, 2064 को दफा 47(१) को कसूर गरेको ठहरी निज प्रतिवादीलाई सोही दफा बमोजिम रू.1,00,000।- (एक लाख रूपैयाँ) जरिवाना र ६ (छ) महिना कैद हुने ठहर्छ। प्रतिवादी शेरबहादुर महर्जनले सोही ऐनको दफा 56 बमोजिमको कसूर गरेको ठहरी निजलाई प्रतिवादी प्रतिवादी रामप्रसाद गैरेलाई ठहरेको सजायको आधा सजाय हुने ठहर्छ। प्रतिवादी मनिलकुमार महर्जन उपरको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७८।११।१६ मा भएको फैसला।
- कुनै पनि कसूरमा सजाय गर्दा कसूरदारको संलग्नता वस्तुगत आधारमा प्रमाणको रोहमा निर्धारण गरी निस्कर्षमा पुग्नुपर्ने हुन्छ। प्रस्तुत मुद्धामा वादी पक्षबाट पेस गरिएका प्रमाणहरुबाट कसूर स्थापित हुन्छ/ हुँदैन? आरोप र पेस गरिएका प्रमाणहरुले कसूरको तत्वलाई अङ्गिकार गर्दछन/ गर्दैनन्? वरामदी मुचुल्काको कानूनी हैसियत कायम हुने अवस्थाको छ/छैन? जुन ऐनको दावी लिई अभियोजन गरिएको छ, उक्त ऐनको दावी आकर्षित हुने वस्तुगत आधार, प्रमाणको प्रचुरता छ/छैन भन्ने सम्बन्धमा निर्क्यौल गर्नुपर्नेमा वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसलामा ती आधारहरुको विवेचना नै नगरी प्रतिवादी मध्येका शेरबहादुर महर्जनको बयानको अनुमानका आधारमा फैसला भएको छ। वरामदी मुचुल्कामा हामी पुनरावेदक प्रतिवादीहरुसँग सम्बन्धित कुनै पनि चिज बस्तु फेला परेको बिबरणमा उल्लेख नै गरिएको छैन। वरामदी मुचुल्कामा उल्लेख नै नभएको मैले सञ्चालन गरेको Amcon Overseas Pvt.Ltd (Lic. No: 684 ) नाम सँग सम्बन्धित भनी उल्लेख गरिएको कागजातको बारेमा के, कहाँबाट प्राप्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान भएको हो भन्ने कहीँ कतैबाट पनि खुलेको देखिँदैन। बस्तुस्थिति मुचुल्का तयार गर्दा, स्थानीय प्रतिनिधी तथा कर्मचारीलाई रोहोवरमा राखिएको छैन। निक प्रिन्टिङ्ग प्रेसको खानतलासीलाई लिएर मुद्दा दायर गरिएकोमा कुन लिखत प्रमाण प्रतिवेदनमा प्रतिवादीले प्रयोग गरी दफा ४७(१) को कसूर गरेको हो भन्ने स्थापित नै पाइदैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानतलासी गरेको आधारमा मात्र अपराध कायम हुने भन्ने हुन सक्तैन। मैले सञ्चालन गरेको Amcon Overseas Pvt.Ltd (Lic.No: 684 ) वैदेशिक रोजगार बिभागबाट स्वीकृती प्राप्त गरी कामदारहरु विदेश गएकोमा विदेश गईसकेका कामदारको कुनै गुनासो/उजुरी नपरेकोमा विवाद छैन। श्रम स्वीकृतिमा उल्लेख भएका व्यक्ति वा विवरण यो यसरी फरक परेको भन्ने अभियोजनले बोल्न सकेको वा त्यसरी अनुसन्धान नै भएको छैन।
- सम्बन्धित रोजगारदाता कम्पनीसँग भएका करार अख्तियारनामा, कामदारले पाउने तलब, सुबिधा र विदा, कामदारले काम गर्नुपर्ने दिन र समय, कामदारको काम र किसिम लगायतका वैदेशिक रोजगार विभागमा पेस गरेका कागजातहरुमा के, कस्तो हेरफेर गरेको हो ? हेरफेर भएको देखिने आधार के हो? के कसरी अपराधिक कार्य हुन गएको हो? उक्त रोजगारदाताबाट म संलग्न रहेको प्रा. ली. लाई उपलब्ध गराइएका कागजातमा के कस्तो फेरबदल भएको हो? के कसको छाप, नाममा त्रुटी रहेको थियो भन्ने आधार सहित अभियोगमा कतै पनि उल्लेख गर्न सकेको अवस्था छैन। अभियोग लगाईएका कागजातका सम्बन्धमा रोजगारदाता कम्पनी वा उक्त देशको आधिकारीक निकायमार्फत बुझ्नेसम्म कार्य गरिएको छैन। कामदार माग गर्ने रोजगारदाता कम्पनी एवं सो देशका सम्बन्धित निकाय एवं नेपाल राज्यका सम्बन्धित निकायमा पेस गरेका विवरण भन्दा फरक पर्ने गरी कुनै कामदारको गुनासो, उजुरी परेको अवस्था छ, छैन? तलब थोरै प्राप्त गरेको वा अन्य कुनै समस्या उत्पन्न भएको भन्ने कामदारले लिखित, मौखिक एवं अन्य कुनै माध्यमबाट जानकारी आएको भन्ने पनि अभियोपत्रमा कतै उल्लेख भएको छैन, यसबाट अनुसन्धान गर्नुपर्ने बिषयमा अनुसन्धान नै नगरी अनुमानित रुपमा रकम भर्न लगाई अभियोजन गरिएको भन्ने तथ्य स्वयंले पुष्टी गरेको अवस्थामा उक्त दफा ४७(१) आकर्षित हुन सक्ने अवस्था नरहेकोले दफा ४७(१) विपरीतको कसूर गरेको ठहर गरी गरिएको फैसला तथ्यको पूर्णत विपरीत रहेकोले उक्त फैसला वदर हुने निर्विवाद रहेको छ। प्रतिवादीमध्येका शेरबहादुर महर्जन एवं मनिल कुमार महर्जनले गरेको बयान व्यहोरा, गरिएको पोल उजुर एवं बरामद गरिएको दशीबाट अपराध भएको भनी फैसला भएको छ। निज सहप्रतिवादीको पोल उजुर र मुद्दामा संकलित गरिएको प्रमाण एवं अभियोजन गर्दा लिईएको दावीमा सामन्जस्यता रहेको छ/छैन भन्नेतर्फ विवेचना भएको छैन। सहप्रतिवादीको पोल सारभूत प्रमाण हो, होइन भन्नेसम्म विवेचना गरिएको छैन।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोले अगाडी नै मुद्धा दायर गरीसकेकोमा, पुनः सोही बिषयमा बिभागबाट बयान लिने लगायत अभियोजन गर्ने कार्य गरिएको छ। एकपटक सक्षम अदालतमा सोही बिषयमा अभियोजन गरिएकोमा पुन सोही बिषयमा अभियोजन गर्ने कार्य doctrine of res judicata को आधारमा त्रुटीपूर्ण रहेको छ। नेपालको संविधानको धारा २० (६) को संवैधानिक व्यवस्थाको विरुद्ध हुनेगरी दायर भएको अभियोगपत्र र सोही अभियोग पत्रको आधारमा भएको फैसला वदर भागी रहेको छ। विदेश पठाउने सन्दर्भमा व्यवसायीले पूर्व स्वीकृति एवं अन्तिम स्वीकृति लिने र सोसँग सम्बन्धित कागजात पेस गर्नु पर्दछ। यसबाट कुनै कागजातमा परिवर्तन गरिएको भन्ने हो भने अन्तिम स्वीकृति बिभागबाट के आधारमा दिइएको हो? त्यसरी परिवर्तन गरिएका कागजात स्वीकार गर्ने व्यक्ति को हुन्? ती व्यक्ति उपर अनुसन्धान भएको अवस्था छ/छैन? अभियोजन गरिएको अवस्था हो/होइन? लगायतका बिषयहरु वर्णित हुनुपर्नेमा सोतर्फ अनुसन्धान भएको भन्ने देखिँदैन। अतः संवैधानिक एवं कानूनी व्यवस्था विपरीत गरिएको अभियोजन एवं मुद्धामा अन्तरनिहित तथ्यको विवेचना नगरी कसूरमा संलग्नताको आधारसम्म पुष्टी नगरी, गैरकानूनी वरामदी मुचुल्का एवं सोही मुचुल्कासँग मिल्ने गरी गराइएको निक प्रेसको सञ्चालकको बयानलाई मात्र आधार बनाई भएको फैसला फौजदारी न्यायको बिधिशास्त्रीय मान्यता एवं सम्मानित सर्बोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीत रहेकोले उक्त फैसला वदर गरी सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको रामप्रसाद गैह्रेको तर्फबाट यस अदालतसमक्ष दायर भएको पुनरावेदनपत्र।
- मैले वैदेशिक रोजगार न्यायाधीकरणमा बयान गर्दा Amcon Overseas Pvt. Ltd. का सञ्चालक राम प्रसाद गैरेले ल्याएका मलेशिया स्थित Est Hussain Mohamed Bin, Sayed Abdullaha र Fipco Filling & Packing को Demand Letter मा माग संख्याको अङ्क, मोहा टिकट र Basic Salary सच्याएको हो भनी बयान गरी आएको छैन। निज लगायतका कम्पनीहरुका बजारीकरणको निम्ति आवश्यक पर्ने लेटरप्याड, रसिद, भिजिटिङ्ग कार्ड, ब्राउसर, टोपी, टि-सर्ट, फाईल, लगायतका सामग्रीहरु बनाई दिने गरेको हूँ र उक्त सामग्रीहरु बनाउँदाका क्रममा निजहरुका कागज पत्रहरु मेरो अफिसमा रहन गएका हुन् भनी मैले स्पष्ट रुपमा उल्लेख गरेको छु। साथै, Amcon Overseas Pvt. Ltd. का सञ्चालक राम प्रसाद गैरे समेतले बयान गर्दा मेरो अफिसमा ल्याई Demand Letter मा माग संख्याको अङ्क, मोहा टिकट र Basic Salary सच्याएको हो भनी बयान गरेका छैनन्। फैसला गर्दा आधार लिइएको बयान छ, उक्त बयान व्यहोरा मेरो होईन। बरामद भएको सामग्रीहरु दशीको रुपमा पेस नगरी कागजातलाई मात्र आधार मानी गरिएको फैसला त्रुटिपूर्ण छ। Demand Letter मलेशिया स्थित Est Hu Hussain Mohamed Bin, Sayed Abdullaha र Fipco Filling & Packing कम्पनीहरु बाट तयार गरी उपलब्ध हुने कागज पत्र हो। उक्त Demand Letter यहाँ बनाउने अवस्था रहँदैन। उक्त Demand Letter बारेमा मलेशिया स्थित Est Hussain Mohamed Bin, Sayed Abdullaha र Fipco Filling & Packing कम्पनीहरु सँग बुझ्दै नबुझी शंकाको भरमा फैसला गरिएको छ। यसै प्रकृतिको मसमेत विपक्षी भएको घुस रिसवत लिई गलत कागजातहरुको आधारमा पूर्व तथा अन्तिम श्रम स्वीकृति लिने दिने काम गरी भ्रष्टाचार गरेको मुद्दा नं. ०७१-CR-०३१२ मुद्दामा विशेष अदालतले सफाई दिने गरी गरेको फैसला सम्मानित सर्वोच्च अदालतबाट समेत सफाई पाउने गरी फैसला भएको हुँदा एकै प्रकृतिको एउटै विषयवस्तुसँग सम्बन्धित मुद्दामा बुझ्दै नबुझी अलग फैसला गरिएको छ। मैले कुनैपनि प्रकारको कागजात सच्याउने र कागज सच्याउन कुनै पनि प्रकारको कार्य नगरेको अवस्थामा मेरो पेशा व्यवसायलाई धारासायी बनाउने उद्देश्यले भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी मेरो हकमा सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको शेरबहादुर महर्जनको यस अदालतसमक्ष दायर गरेको पुनरावेदनपत्र।
ठहर खण्ड
- नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितका मिसिल संलग्न कागजात अध्ययन गरियो।
- पुनरावेदक प्रतिवादी शेरबहादुर महर्जनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री निलम प्रसाद गौतमले यी प्रतिवादीले वैदेशिक रोजगार न्यायाधीकरणमा बयान गर्दा कागजात सच्चाएको भनी बयान गरेको छैनन्। निज प्रतिवादीले सञ्चालन गरेको प्रेसबाट रबर स्टाम बरामद भएको भनी फैसला गर्दा आधार लिइएकोमा वादी पक्षले बरामद भएको भनिएको रबर स्टाम दशीको रुपमा पेस गरेको छैन। प्रतिवादीले गरेको बयान, मिसिल संलग्न कागज प्रमाण एवं विश्लेषित तथ्य व्यहोरा, काम कारवाही र वरामदीत दशी प्रमाणहरुबाट निज प्रतिवादी कसूरदार रहेको भन्ने नदेखिँदा वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी निज प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिलाई पाउँ भनी गर्नुभएको बहस सुनियो।
- यसमा प्रतिवादी उपर वैदेशिक रोजगार ऐन, 2064 को दफा 47(1) अन्तर्गतको कसूर गरेकोले निज प्रतिवादी रामप्रसाद गैरेलाई सोही दफाबमोजिम अधिकतम सजाय हुन तथा नेपाल निक प्रेसका सञ्चालक शेरबहादुर महर्जन, कर्मचारी मनिल कुमार महर्जनले नक्कली कागजात बनाउने, थपघट गरी मतियारको भूमिका निर्वाह गरेकोले वैदेशिक रोजगार ऐन, 2064 को दफा 56 बमोजिमको सजाय गरी पाउँ भनी अभियोग दावी रहेकोमा प्रतिवादी रामप्रसाद गैरेले वैदेशिक रोजगार ऐन, 2064 को दफा 47(1) को कसूर गरेको ठहरी निज प्रतिवादीलाई सोही दफा बमोजिम रु.1,00,000।- (एक लाख रुपैयाँ) जरिवाना र 6 (छ) महिना कैद हुने, प्रतिवादी शेरबहादुर महर्जनले सोही ऐनको दफा 56 बमोजिम कसूर गरेको ठहरी निजलाई प्रतिवादी रामप्रसाद गैरेलाई भएको सजायको आधा सजाय हुने र प्रतिवादी मनिलकुमार महर्जन उपर वादी दावी पुग्न नसक्ने ठहर्याई फैसला भएको देखिन्छ। सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरु रामप्रसाद गैरे र शेरबहादुर महर्जनले यस अदालतसमक्ष छुट्टाछुट्टै पुनरावेदन दायर गरेको देखियो।
- प्रस्तुत मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति 207८।1१।१६ मा भएको फैसला मिलेको छ, छैन? पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्ने हो वा होइन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो।
- निर्णय तर्फ बिचार गर्दा, सफाई पाएका प्रतिवादी मनिलकुमार महर्जनको हकमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको नदेखिँदा निजको हकमा प्रस्तुत मुद्दाबाट थप विवेचना गरिरहन पर्ने देखिएन।
- प्रतिवादीहरुले आफूहरुले वैदेशिक रोजगार सम्बन्धी कसूर नगरेकोले आरोपित कसूरबाट सफाई पाउँ भन्ने नै मुख्य पुनरावेदन जिकिर रहेको देखियो। प्रतिवादी रामप्रसाद गैरेको हकमा हेर्दा, निजले वैदेशिक रोजगार न्यायाधिकरणमा बयान गर्दा आरोपित कसूरमा इन्कार रही बयान गरे पनि अख्तियार अनुसन्धान दुरुपयोग आयोगसमक्ष बयान गर्दा, मेरा विभिन्न कागजात फाइलहरुका सम्बन्धमा सुल्तान न्याचुरल स्टोन फ्याक्टिमा कामदार पठाउन लट नं. ९३२५९ बाट पूर्व स्वीकृति लिएको र अल जजिरा कम्पनीमा कामदार पठाउन लट नं. ९३६६० बाट श्रम स्वीकृति लिएका फाइल कागजातहरू मेरा सक्कली हुन्। सो बाहेक AI-Somali Restaurant बाट प्राप्त Demand लेटरमा Working Hour १० घण्टा लेखिएको थियो, ८ घण्टा बनाई सच्याई लट नं.९५२३८ बाट पूर्व स्वीकृति लिएको हो। Fipco Filing & Packing कम्पनीबाट प्राप्त कागजमा मोफाको छाप पछि लगाएर लट नं. ८७८२१ बाट १४ जनाको पूर्व स्वीकृति निकाली रोजगारमा कामदार पठाएको United Regional Company बाट प्राप्त कागजमा मोफाको छाप पछि लगाएर लट नं. ९५२४१ बाट पूर्व स्वीकृति लिएको हो। Sayed Abdullaha Mohamed बाट प्राप्त Demand Letter अनुसार प्राप्त भिसामा Chef लेखिएको हुँदा Demand Letter मा समेत Chef गरी Demand सँग मिलाएर लट नं. ९६०६६बाट पूर्व स्वीकृति लिएको हो। Est Hussain Mohamed Bin बाट प्राप्त कागजमा पहिला सेलरी ८०० मात्र थियो सो ८०० को अगाडि १ थपेर १८०० बनाई उक्त कागजहरूबाट लट नं. ९३६५९ बाट ३० जनाको पूर्व स्वीकृति लिई ८ जनाको अन्तिम श्रम स्वीकृति लिएको हो भनी कागजात हेरफेर गरेको तथ्यमा स्वीकारोक्ति रही बयान गरेको देखिन्छ। प्रमाण ऐन, 2031 को दफा 9 अनुसार अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई अन्यथा हो वा अनुचित रुपमा वा स्वेच्छा प्रतिकूल गराइएको भन्ने देखिने कुनै ठोस प्रमाण नभएसम्म उक्त बयान स्वेच्छाले नै दिइएको मान्नुपर्ने हुन्छ। त्यसैले यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको सो बयान प्रमाण ऐन, 2031 को दफा 9 बमोजिम निज विरुद्ध प्रमाण ग्राह्य देखियो। यसका साथै, सहप्रतिवादी शेरबहादुर महर्जनको प्रेसबाट यी पुनरावेदक रामप्रसाद गैरेको कम्पनीसँग सम्बन्धित कागजात बरामद भएको तथा निज सहप्रतिवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष बयान गर्दा निजको प्रेसबाट वरामदी विभिन्न सामग्रीहरु यी रामप्रसाद गैरेको मेनपावर कम्पनीले बनाउन दिएका सामग्रीहरु हुन भनी बयान गरेको समेतबाट यी पुनरावेदक रामप्रसाद गैरेको कसूरमा संलग्नता स्थापित रहेको छ।
- वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ (१) मा “कुनै ईजाजतपत्रवालाले जानीजानी यो ऐन वा यस अन्तर्गत बनेको नियम बमोजिम राख्नुपर्ने कुनै लिखत वा प्रतिवेदन लुकाएमा वा कुनै कुरा हेरफेर गरेमा वा झुट्ठा व्यहोरा पारेमा वा झुट्ठा व्यहोरा तयार गर्न लगाएमा निजलाई एक लाख देखि तीन लाख रूपैया सम्म जरिवाना र छ महिना देखि एक बर्षसम्म कैद हुनेछ” भन्ने व्यवस्था रहेको देखिन्छ। उल्लेखित कानूनी व्यवस्था हेर्दा, जुनसुकै किसिमले झुट्ठा व्यहोरा तयार गर्ने र तयार गर्न लगाउने कार्य कानूनतः निषेधित देखियो। प्रस्तुत मुद्दामा निक प्रेसका सञ्चालक प्रतिवादी शेरबहादुर महर्जनले सञ्चालन गरेको प्रेसबाट यी प्रतिवादी रामप्रसाद गैरेसमेत सञ्चालक रहेको कम्पनीसमेतबाट प्राप्त कागजातहरुलाई हेरफेर गरी तयार गरेका नक्कली कागजात र विभिन्न निकायसँग सम्बन्धित रवर स्टयाम्पसमेत बरामद भएको स्थापित भईरहेको हुँदा यी प्रतिवादी रामप्रसाद गैरेले जानीजानी वैदेशिक रोजगारसँग सम्बन्धित कागज प्रमाणहरु हेरफेर गरी झुट्ठा व्यहोरा तयार गर्न लगाई आरोपित कसूर गरेको देखियो।
- अर्का प्रतिवादी शेरबहादुर महर्जनको हकमा हेर्दा, निज प्रतिवादी शेरबहादुर महर्जनले सञ्चालन गरेको नेपाल निक प्रन्टिङ प्रेसबाट डाइभर/फन्ट कलेक्सन थान 2(कम्प्युटरको), प्रिन्टर इंक कार्टेज पँहेले 1 निलो 1, विजनेश डेली डायरी विजनेश डेली डायरी खैरो रङको, गृह मन्त्रालयको रवर स्टाम्प, स्थानीय विकास मन्त्रालय पञ्जिकरणको रवर स्टाम्प, टेरा पम्प डेन्टल यू.ए.ई. को रवर स्टाम्प, एम्वेसी अफ मलेसिया कन्सुलर अफिसरको रवर स्टाम्प रोटरी पब्लिक मलेसियाको रवर स्टाम्प, स्थानीय पंजिकाधिकारीको रवर स्टाम्प, OBC international को रवर छाप, साउदीको स्टिकरमा रहने होलोग्राम, फाडल खालिजायफर ट्रेडिङ रवर छाप, टि. एस. एस. सेक्युरिटी सर्विस एम.एस.डि.ए.वि.एच.डि. को रवर छाप, चिन गुडिङ इन्जिनियरिङ सप्लाइको छाप, फाउन्डेसन गल टेफर ट्रेडको छाप, अरेविक भाषामा लेखिएको छाप, प्राइम लाईफ इन्सुरेन्स हात्तीसारको छाप, वि पेन प्लाष्टिकको रवर छाप, ट्रन्सी सेक्युरिटी सर्विसको रवर छाप, ड्राइमिक्स पर्ल वि वि एन ति डि को रवर छाप, मनकामना माध्यामिक विद्यालयको रवर छाप, इन्जेदाहको रवर छाप, टेलिफेन्स मेडिकल एस.डि.एन. लेखिएको रवर छाप, अवुधावी नेसनल होटल्सको रवर छाप, मो. नासिर एरिस कन्सुलर अफिसरको रवर, सर्टिफाइड टुर मलेसिया लेखिएको रवर, अवुधावी चेम्वरको रवर छाप, एटेस्टेड अफ वाइ द एम्वेसी अफ नेपाल रवर छाप, निनप्रसाद पौडेल डि.एस.पि. लेखिएको रवर छाप, हेड मास्टर लेखिएको रवर छाप, एम्वेसी अफ नेपाल यू.ए.ई छाप, नुवाकोट माध्यमिक विद्यालयको रवर छाप, राइट वे इन्टरप्राइजेज प्रा.लि. जावेलाखेलको रवर छाप, सारजाह चेम्वर अफ कमर्सको रवर छाप लेवर इम्पोएल्मेन्टको रवर छाप, दुवई यू.ए.इ. को रवर छाप, सारजाह टेक्सको रवर, दिग पेरिकास्टको रवर छाप, एल.एस.पि.सि.एम लेखिएको रवर छाप, मलेसियाबाट आउने डिमाण्ड लेटरमा टासिने रातो स्टिकर, वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न मेन पावरबाट सच्याउनको लागि ल्याइएको स्टिकर झिकी अन्य प्रयोग गरिसकेको स्टिकरविहिन कागजहरू, विदेश स्थित विभिन्न कम्पनीबाट प्राप्त डिमान्ड लेटरहरूको कागजातहरू लगायत विभिन्न कागजातहरू, कम्प्युटर सि.पि.यु. कम्प्युटरमा प्रयोग हुने कालो रङको पेन ड्राइभ 24 Feb 2014 देखि 10 July 2014 सम्म पाना ३२ मा अभिलेख लेखिएको Right way enterprises जावलाखेलको नामको डे वुक स्लिपसमेतका सामानहरु बरामद भएको भन्ने वरामदी मुचुल्काबाट देखिन्छ। सो कागजात सामग्री आफ्नो प्रेसबाट बरामद भएको भन्ने कुरालाई निज प्रतिवादी शेरबहादुर महर्जनले अख्तियार अनुसन्धान दुरुपयोग आयोगसमक्ष बयान गरेको अवस्था छ।
- प्रतिवादी शेरबहादुर महर्जन सञ्चालन रहेको निक प्रेसमा तत्कालिन अवस्थामा कार्यरत कर्मचारी नविन के.सी.ले मुद्दा नं. 077-FT-0084 को वैदेशिक रोजगार कसूर मुद्दामा बकपत्र गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०७१।३।२७ मा छापा मार्दा म निक प्रेसको कर्मचारी थिएँ। वरामदी मुचुल्का तयार गर्ने क्रममा उक्त प्रेसमा भएका सामानहरू मैले उपलब्ध गराएको हूँ भन्ने व्यहोरा खुलाएको देखिन्छ। साथै, सोही मुचुल्काका मानिस संजय राईसमेतले नबिन के.सी. को व्यहोरा नै समर्थन हुने गरी व्यहोरा खुलाएको देखिन्छ। वरामदी मुचुल्का तयार गर्ने प्र.ना.नी रुजनकुमार पण्डितसमेतले 077-FT-0084 को वैदेशिक रोजगार कसूर मुद्दामा वरामदी मुचुल्काको समर्जन हुने गरी निक प्रेसबाट विभिन्न सरकारी निकाय र म्यानपावरका कागजपत्र तथा रवर स्टाम्पसमेत बरामद भएको हो भन्ने व्यहोरा खुलाई बकपत्र गरेको देखिन्छ। यसरी यी प्रतिवादी शेरबहादुर महर्जन सञ्चालक रहेको प्रेसबाट कसूरसँग सम्बन्धित कागजात तथा सामग्री बरामद भएको अवस्थामा निजको कसूरमा संलग्नता स्थापित भइरहेको देखियो।
- जहाँसम्म पुनरावेदक प्रतिवादी शेरबहादुर महर्जनले कम्पनीहरुका बजारीकरणको निम्ति आवश्यक पर्ने लेटरप्याड, रसिद, भिजिटिङ कार्ड, ब्राउसर, टोपी, टि सर्ट, फाइल लगायतका सामग्रीहरु बनाई दिने क्रममा निजहरुका कागजपत्रहरु मेरो अफिसमा रहन गएकाले यी सामग्री बरामद भएका आधारमा आफू उपरको कसूर ठहर हुन नहुने भन्ने पुनरावेदन जिकिर छ सो सम्बन्धमा हेर्दा, आफूले कुनै कुनैमा पानीले भिजाई स्टिकर छाप भिजाई उप्काएर उनिहरुले ल्याएको कागजातमा टाँस्ने गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान गरेको अवस्थामा आफ्नो प्रेसबाट बरामद भएका कसूरसँग सम्बन्धित त्यस्ता कागजात तथा सामग्रीमा आफूले दायित्व बहन गर्नु नपर्ने भन्ने यी पुनरावेदकको जिकिर स्वीकार्य देखिएन। त्यसैले यी प्रतिवादी शेरबहादुर महर्जनले वैदेशिक रोजगारको लागि Amon overseas Pvt.Ltd (Lic No 684) का सञ्चालक प्रतिवादी रामप्रसाद गैरेलाई कागजात हेरफेर गर्न र झुट्ठा व्यहोरा तयार गर्न मुख्य कसूरदारलाई सहयोग गरी मतियारको कसूर गरेको देखियो।
- पुनरावेदकहरुले यसै विषयमा भ्रष्टाचार मुद्दा दायर भईसकेकोले सोही विषयबाट उठेको प्रस्तुत मुद्दामा दोहोरो हुने गरी कारबाही गर्न मिल्दैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिरको सम्बन्धमा हेर्दा, भ्रष्टाचार निवारण निवारण ऐन, २०५९ को दफा ५९ मा प्रचलित कानून बमोजिमको अरु कसूरमा छुट्टै मुद्दा चलाउन बाधा नपर्ने भन्ने व्यवस्था गरेको देखिँदा भ्रष्टाचार मुद्दामा सफाई पाएकै कारणले प्रस्तुत मुद्दामा पनि सफाई पाउनुपर्ने वा कारबाही गर्न नमिल्ने भन्ने कानूनसम्मत देखिन आएन।
- माथिल्ला प्रकरणहरुमा विश्लेषण गरिए अनुसार प्रतिवादीहरुलाई सजाय गर्ने गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला मनासिव देखिएकाले आरोपित कसूरबाट सफाई दिलाई पाउँ भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिर र सोको समर्थनमा बहस गर्नुहुने विद्वान् कानूनव्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन।
- अत: माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी रामप्रसाद गैरेले वैदेशिक रोजगार ऐन, 2064 को दफा 47(१) को कसूर गरेको ठहर गरी निज प्रतिवादीलाई सोही दफा बमोजिम रू. 1,00,000।- (एक लाख रूपैयाँ) जरिवाना र ६ (छ) महिना कैद हुने र प्रतिवादी शेरबहादुर महर्जनले सोही ऐनको दफा 56 बमोजिम कसूर गरेको ठहरी निजलाई प्रतिवादी रामप्रसाद गैरेलाई हुने ठहरेको सजायको आधा सजाय हुने ठहर्याई वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७८।११।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ। पुनरावेदक प्रतिवादीहरको पुनरावेदन जिकिर पुग्न सक्दैन। अरू तपसिल बमोजिम गर्नू।
तपसिल
- माथि ठहर खण्डमा लेखिए बमोजिम वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला सदर हुने ठहरेकोले प्रतिवादी शेरबहादुर महर्जनले लगाउका मुद्दाहरुमा कैदवापत प्राइम कमर्सियल बैङ्क लिमिटेडको ०१८-२३-००८०G नं. को बैङ्क ग्यारेण्टीबाट रु.१४,५०,८७५।- बैङ्क ग्यारेण्टी राखेको देखिँदा निज प्रतिवादीलाई लागेको कैद भुक्तान भएपश्चात र अन्य मुद्दाको रोहबाट रोक्का राख्नुपर्ने नदेखिएमा प्रस्तुत मुद्दाको रोहबाट फुकुवा गरी दिनु भनी प्राइम कमर्सियल बैङ्कमा लेखी पठाउनु।
- प्रतिवादी शेरबहादुर महर्जनले वैदेशिक रोगजार विभागमा राखेको धरौटी रु.१८,००,०००।- यस अदालतमा प्राप्त भई यस अदालतको ध.र.नं. ६६८८ मिति २०८०।२।२६ मा उक्त रकम धरौटी रहेको भन्ने देखिँदा उक्त धरौटी रकमबाट निज प्रतिवादीलाई लागेको जरिवाना रु.५०,०००।- असुल उपर गर्नु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनु।
- वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला सदर हुने ठहरेकोले प्रतिवादी रामप्रसाद गैह्रेले वैदेशिक रोजगार न्यायाधिकरणमा ध.र.नं. १९८ मिति २०७३।७।८ मा राखेको धरौट रु.२,००,०००।- बाट निज प्रतिवादीलाई लागेको जरिवाना रु.१,००,०००।- कट्टा गरी बाँकी रकम रु.१,००,०००।- निज प्रतिवादीले फिर्ता पाउँ भनी निवेदन दिएमा निज प्रतिवादीलाई लागेको कैद भुक्तान भएपश्चात प्रस्तुत मुद्दाको रोहबाट निज प्रतिवादीलाई कानूनबमोजिम फिर्ता दिनु भनी वैदेशिक रोजगार न्यायाधिकरणमा लेखी पठाइदिनू।
- प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति यस अदालतको मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझार्इ दिनू।
(महेश शर्मा पौडेल)
न्यायाधीश
उक्त रायमा सहमत छु।
(शारङ्गा सुवेदी)
न्यायाधीश
इजलास अधिकृत: सुभास पोखरेल
कम्प्यूटर: मिनु शाही
सम्वत् २०82 साल भदौ महिना 20 गते रोज ६ शुभम्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नियमविपरित उनलाई कसरी अध्यक्ष पदमा छानिए भन्ने अर्को प्रश्नको विषय बनेको छ । यस विषयमा हामीले गैरेलाई पटक–पटक सोध्दा समेत उनले जवाफ दिएन ।सर्वोच्च अदालत, संयुक्त इजलास

एसोसिएसनको विधानमा यस्तो व्यवस्था छ । यस्तो मुद्धा लागेका गैरे एसोसिएसनको अध्यक्ष कसरी भए भन्ने अर्को प्रश्नको विषय बनेको छ ।

वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न विवाद र आरोपमा नाम जोडिएका व्यवसायी नेतृत्व तहमा पुगेपछि व्यवसायी वृत्तमा छनोट प्रक्रिया, नैतिकता र संस्थागत जवाफदेहितामाथि प्रश्न उठ्न थालेका छन्। अध्यक्ष चयनमा योग्यता, कार्यसम्पादन र संस्थाको दीर्घकालीन हितलाई प्राथमिकता दिइयो कि अन्य प्रभावकारी तत्वले भूमिका खेले भन्ने विषयमा सदस्यहरूबीच बहस बढेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com