Close

Recent Posts

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

बालेन सरकार चैत १३ गते बन्ने भएपछि ‘कुलिङ प्रियड’मा अर्थमन्त्री खनाल बसे

बालेन सरकार चैत १३ गते बन्ने भएपछि ‘कुलिङ प्रियड’मा अर्थमन्त्री खनाल बसे
  • ७ चैत्र २०८२, शनिबार १७:०६

काठमाडौं– देशको राजनीतिले नयाँ मोड लिएसँगै बालेन शाहको नेतृत्वमा आगामी १३ गते नयाँ सरकार गठन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसै बीच, नयाँ सरकारको अर्थमन्त्री रहेका पूर्व सचिव रामेश्वर खनालले आजैबाट आफू ’कुलिङ प्रियड’ (स्व–घोषित मौन अवधि) मा बसेको घोषणा गरेका छन् ।

mulpatra

खनालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अब उप्रान्त आफ्नो नाम जोडेर कुनै पनि अडकलवाजी नगर्न खनाले आग्रह गरेका हुन् । ‘आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ खनालले लेखेका छन् ।

आगामी सरकारमा अर्थमन्त्रालयको नेतृत्व कसले गर्ने भन्ने विषयमा व्यापक बहस भइरहँदा रामेश्वर खनालको नाम अग्रपंक्तिमा देखिएको थियो । उनले आज सार्वजनिक रूपमा “आजदेखि कुलिङ प्रियड सुरु भयो । कृपया अब नाम जोडिएका कुनै पनि ’ट्रायल बेलुन’हरू नछोड्नुहोला“ भनी उल्लेख गरेका छन् ।

mulpatra mulpatra mulpatra

उनले सरकार गठनको प्रक्रिया र नीतिगत खाका तयार भइरहँदा आफूलाई तटस्थ राख्न खोजेका हुन् ।

राजनीतिक स्रोतका अनुसार बालेन शाहको नेतृत्वमा बन्ने नयाँ सरकारले आगामी १३ गते औपचारिक रूपमा सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । यो सरकारले खास गरी युवा पुस्ता र विज्ञहरूको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि नयाँ सरकारलाई समर्थन गर्ने र आवश्यक जानकारीहरू आदानप्रदान गरिरहेको बुझिएको छ । रास्वपाले सरकारको न्यूनतम साझा कार्यक्रम र डेलिभरीका एजेन्डाहरूमा जोड दिँदै आफ्नो सहभागिताको टुंगो लगाउने तयारी गरेको छ ।

Image Source: © https://mulpatra.com

राजनीतिक परिवर्तनको पृष्ठभूमिमा ’जेन–जी’ (न्भल–श्) पुस्ताको ठूलो भूमिका र सडक संघर्ष रहेको छ । पुराना र स्थापित दलहरूको कार्यशैलीप्रति असन्तुष्ट रहेका युवाहरूले ’व्यवस्था परिवर्तन’ भन्दा पनि ’अवस्था परिवर्तन’ को नारासहित गरेको जनआन्दोलनले नै बालेन शाह जस्ता वैकल्पिक शक्तिलाई सत्ताको केन्द्रमा पु¥याएको हो ।

सामाजिक सञ्जालको अधिकतम प्रयोग र पारदर्शी शासनको माग गर्दै आएका जेन–जी पुस्ताले अर्थतन्त्रमा आमूल सुधारको अपेक्षा राखेका छन् । उनीहरूले अर्थमन्त्रालयमा खनाल जस्ता पात्रहरूको उपस्थितिले डिजिटल अर्थतन्त्र र युवा उद्यमशीलतालाई प्रोत्साहन मिल्ने विश्वास राखेका छन् ।

१३ गतेको सपथ ग्रहणसँगै मुलुकले नयाँ कार्यकारी नेतृत्व पाउने छ । अर्थमन्त्रीका रूपमा चर्चामा रहेका खनालको ’कुलिङ प्रियड’ ले नयाँ सरकारमा उनको भूमिका कस्तो रहला भन्ने कौतुहलता झन् बढाएको छ ।

एकातिर युवाहरूको जनआन्दोलनको राप र अर्कोतिर अनुभवी विज्ञहरूको साथले बालेन सरकारलाई आगामी आर्थिक चुनौतीहरू सामना गर्न कति सहज होला, त्यो भने हेर्न बाँकी नै छ । अर्थमन्त्रालयको कार्यभार र बजेट कार्यान्वयनको जटिलतालाई चिर्न यो नयाँ समीकरणका लागि निकै चुनौतीपूर्ण रहने देखिन्छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com