आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठकमा निर्वाचनमा हार व्यहोर्नु परेको कारण र देउवा पक्षले समेत पुरानै केन्द्रीय समितिको बैठक आव्हान गरेपछिको परिस्थिति बारे छलफल हुनसक्ने एक केन्द्रीय सदस्यले बताएका छन् ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि विशेष महाधिवेशनबाट सभापति छानिएका गगन थापाले राजिनामा गरेका थिए । सो राजिनामा बारे छलफल गर्न गत शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
विशेष महाधिवेशनको आधिकारिकता बारे सर्वोच्चमा मुद्धा परेको र सोको सुनुवाई नभइसकेको अवस्थामा शेरबहादुर देउवा र शेखर कोइराला समूहले सक्रियता बढाएका छन् । उनीहरुले १४औं महाधिवेशनको केन्द्रीय समितिको नै बैठक बोलाउने तयारी गरेका छन् ।



