कांग्रेसमा कलह : सर्वोच्चको फैसला नआइ महाधिवेशन नहुने देउवा पक्षको जिकिर

कांग्रेसमा कलह : सर्वोच्चको फैसला नआइ महाधिवेशन नहुने देउवा पक्षको जिकिर
  • १० चैत्र २०८२, मंगलवार २०:०८

नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन देउवा पक्षले भने अदालतको फैसला नआइ अघि बढ्न नसकिने अडान दोहोर्‍याएको छ।

mulpatra

देउवा पक्षका नेता श्यामकुमार घिमिरे ले मङ्गलवार प्रतिक्रिया दिँदै पार्टीको आधिकारिता सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म नियमित महाधिवेशनमा जान नहुने बताए।

निवर्तमान सांसद समेत रहेका घिमिरेले अदालतको फैसला पछि जुन पक्षले आधिकारिता पाउँछ, सोही नेतृत्वमा महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे। “कांग्रेसभित्रका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प छैन,” उनले भने।

mulpatra mulpatra mulpatra

उनले सर्वोच्च अदालतलाई चाँडो फैसला दिन आग्रह गर्दै ढिलाइ हुँदा न्यायालयप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिए। विगतका केही संवेदनशील मुद्दाहरू, संवैधानिक नियुक्ति, जसपा सम्बन्धी विवाद तथा संसद् पुनःस्थापनासँग सम्बन्धित विषय, समयमै टुंगो नलाग्दा अन्योल बढेको उनले उल्लेख गरे।

त्यस्तै, शेरबहादुर देउवा लाई बेवास्ता गरेर अघि बढ्दा पार्टीले विगतका निर्वाचनहरूमा लज्जास्पद हार व्यहोरेको आरोप समेत घिमिरेले लगाए।

उनले अन्त्यमा अदालतको निर्णयलाई सबैले स्वीकार गरी त्यसैको आधारमा पार्टीलाई एकताबद्ध गर्दै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com