संविधान संसोधनका लागि कांग्रेसले विज्ञसहितको समिति गठन गर्ने

संविधान संसोधनका लागि कांग्रेसले विज्ञसहितको समिति गठन गर्ने
  • ११ चैत्र २०८२, बुधबार ०८:३०

काठमाडौं । हिजो देखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

mulpatra

त्यसै गरि बैठकमा समसामयिक, सुशासन स्थापना, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ । महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावहरुमाथि छलफल हुने छ।

फागुन २१ को निर्वाचनको नतिजा सार्वजनिक भएपछि विशेष महाधिवेशनबाट सभापति छानिएका गगन थापाले राजिनामा गरेका थिए । सो राजिनामा बारे छलफल गर्न गत शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो ।
त्यस लगत्तै बसेको बैठकमा थापाले बैठकमा आगामी भदौ २४–२६ गतेसम्म १५ औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।

mulpatra mulpatra mulpatra

विशेष महाधिवेशनको आधिकारिकता बारे सर्वोच्चमा मुद्धा परेको र सोको सुनुवाई नभइसकेको अवस्थामा शेरबहादुर देउवा र शेखर कोइराला समूहले महाधिवेशन हुन नसक्ने बताएका छन् । उनीहरुले १४औं महाधिवेशनको केन्द्रीय समितिको नै बैठक बोलाउने तयारी गरेका छन् ।