Close

Recent Posts

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धिः प्रधानमन्त्री कार्की

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल भाँचिए

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल भाँचिए
  • ११ चैत्र २०८२, बुधबार १४:२७

काठमाडौं । मंगलबार रातिको बाढीले पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल क्षतिग्रस्त भएका छन् ।

mulpatra

पाँचथरस्थित मेवाखोलामा निर्माणाधीन ४० मिटर लामो पुलको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको थियो । मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रका अनुसार चैत २ गते मात्र पुलको ढलान गरिएको थियो ।

पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेका पुल बाढीका कारण भाँचिएका हुन् । प्राविधिकहरूका अनुसार अचानक आएको बाढीले टेको (सपोर्ट) कमजोर भएपछि पुल भाँचिएका हुन् ।

mulpatra mulpatra mulpatra

यसैगरी, ताप्लेजुङको नेरुवा खोलामा ३५ मिटर लामो पुल पनि अन्तिम चरणमा पुगेको अवस्थामा भाँचिएको हो । पूर्वाधार कार्यालयका प्रमुख कुमार कर्णका अनुसार ढलानपछि आवश्यक समय नपुग्दै बाढी आएर सपोर्टमा क्षति पुर्‍याउँदा पुल भत्किएको छ। उक्त पुल ७ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको थियो ।

उक्त पुल ७ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको थियो । यसअघि पनि सोही स्थानमा रहेको पुल बगाएपछि नयाँ निर्माण सुरु गरिएको थियो ।

अहिले निर्माणाधीन अवस्थामै भाँचिएको छ । पुल नहुँदा उत्तरी भेगका स्थानीय बासिन्दाले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com