शुक्रबार १२ः३४ मा बालेनको सपथ तयारी
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याएको रास्वपाबाट प्रधानमन्त्री नियुक्त हुन लागेका बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

शपथग्रहणलाई संवैधानिक औपचारिकतामा सीमित नराखी धार्मिक तथा सांस्कृतिक रूपमा पनि विशेष बनाउने तयारी गरिएको छ । स्रोतका अनुसार कार्यक्रमलाई बहुआयामिक बनाउँदै परम्परा, आस्था र विविध सांस्कृतिक अभ्यासलाई समेट्ने गरी व्यवस्थापन गरिएको हो ।
समारोहका क्रममा १०८ जना बटुकहरूले वैदिक मन्त्र उच्चारण गर्नेछन् । मन्त्र उच्चारणमार्फत नयाँ सरकारको सफल कार्यकाल, देशको स्थायित्व र समृद्धिका लागि कामना गरिनेछ ।
![]() |
![]() |
![]() |
|---|
यसैगरी, १०७ जना बौद्ध लामाहरूले मंगलकामना पाठ गर्ने कार्यक्रम तय गरिएको छ भने सात जना ब्राह्मणहरूले शंख बजाउँदै कार्यक्रमलाई परम्परागत शैलीमा सम्पन्न गर्ने तयारी गरिएको छ ।



