जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको छानविन गर्न गठिन गौरी बहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णण गरेकी छिन् ।
कार्की आयोगको प्रतिवेदनसँगै अन्य तीन वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय प्रधानमन्त्री कार्कीले गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए ।
प्रधानमन्त्री कार्कीले आज (बुधबार) भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।
![]() |
![]() |
![]() |
|---|



