निष्पक्ष छानबिनका लागि बनेको होइन कार्की आयोगः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोग निष्पक्ष छानविनका लागि नबनेको पुष्टि भएको बताएका छन् । जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिबेदन सार्वजनिक भएपछि पोखरेलले उक्त कुरा बताएका हुन् ।

उनले सामाजिक सन्जाल फेसबुकमार्फत् आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,’
उनले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको समेत उल्लेख गरेका छन् । ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ– राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,’ उनले लेखेका छन् ।
![]() |
![]() |
![]() |
|---|
‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, उनले लेखेका छन्, ‘कार्की आयोग र आमनिर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोहीअनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उनको धारणा छ ।
तर पनि सत्य कुरा के हो भनेः लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको वाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि होइन उनले भनेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



