बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्रीको सपथ भोली

बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्रीको सपथ भोली
  • १२ चैत्र २०८२, बिहीबार १७:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह संसदीय दलको नेता बनेका छन् । आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।

mulpatra

गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्ष तर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ । बालेन संसदीय दलको नेता भएपछि रास्वपाका १८२ जना सांंसदको नेतृत्व सहित देशको प्रधानमन्त्री बन्ने बाटो समेत खुलेको छ ।

रास्वपाले पार्टी विधानको ‘बाधा अड्काउ फुकाउ’ प्रावधानमा टेकेर वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने निर्णय समेत गरेको छ ।

mulpatra mulpatra mulpatra

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि रास्वपाको केन्द्रीय समिति बैठक आज पहिलो पटक बसेको हो । संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रुपमा निर्णय भएकाले बालेन शाहले प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम तय भएको छ ।