राजधानीका गुम्बा, चर्चहरुमा निगरानी बढाउन कार्की आयोगको सुझाव
काठमाडौं । भदौ २३ र २४ गते जेनजीका आवरणमा भएको घटनाको छानविन गर्न गठिन गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काठमाडौंमा गुम्बा,चर्चहरु निगरानी बढाउन सुझाव दिएको छ । राजधानी काठमाडौं उपत्यकाका विभिन्न डाँडाहरूमा निर्माण भएका विशाल तथा आलिशान गुम्बाहरूको गतिविधिमाथि नेपाल सरकारले गम्भीर अनुगमन गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजधानीमा बनेका गुम्बाहरुमा अन्य गतिविधि हुने गरेको बेला बेलामा सार्वजनिक भएको थियो । त्यस्ता विषय सार्वजनिक भएपछि केही गूम्बाले सरकारको ध्यानाकर्षण समेत गराएका थिए । तर कार्की आयोगको सुझाव पछि पुनः काठमाडौंका गूम्बा मात्र होइन चर्चहरुको गतिविधिमा समेत संकाको घेरामा हेरिएको छ ।
सुरक्षा सरोकारवालाहरूका अनुसार यस्ता संरचना तथा गतिविधिहरूले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर पार्न सक्ने भएकाले मुलुकले आफ्नो गुप्तचरी क्षमता सुदृढ गर्दै सतर्कता अपनाउनुपर्ने देखिएको छ।
![]() |
![]() |
![]() |
|---|



