मार्जिन कारोबार सुविधा पारित भएपनि बढ्न सकेन शेयरबजार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गरेको छ । यो सुविधाले खरिदकर्ताले दोस्रो बजारमा ब्रोकरमार्फत् ऋण लिएर सेयर किन्ने व्यवस्थाको बाटो खुला गरेको छ ।

नेप्सेले धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया बनाई लागू गरेको हो ।
कार्यप्रक्रिया परिच्छेद ३ अनुसार सबै सूचीकृत कम्पनीमा मार्जिन सुविधा पाइने छैन । यसका लागि कम्तीमा २५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको हुनुपर्ने, कम्पनीको खुद सम्पत्ति ९नेटवर्थ० चुक्ता पूँजीभन्दा बढी भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफामा रहेको हुनुपर्ने। साधारण निष्कासन भई सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
कार्यप्रक्रिया निर्देशिका अनुसार लगानीकर्ताले मार्जिन कारोबार गर्दा खरिद रकमको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिनु का रूपमा राख्नुपर्नेछ । त्यस्तै, बजारको अवस्था हेरी न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ । यदि शेयरको मूल्य घटेर सम्भार मार्जिनभन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्नेछन् ।
ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम ५ गुणासम्म मात्र मार्जिन सुविधा उपलब्ध गराउन पाउने सीमा तोकिएको छ । एउटा ग्राहकलाई आफ्नो प्रमाणित नेटवर्थको ५ प्रतिशतभन्दा बढी मार्जिन सुविधा दिन पाइने छैन ।
मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने धितोपत्र दलाल (ब्रोकर) कम्पनीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ । साथै, उनीहरूले राफसाफ सदस्यको सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यको रूपमा काम गरिरहेको हुनुपर्ने सर्त राखिएको छ ।
Image Source: © https://mulpatra.com
कार्यप्रक्रिया पारित भए पनि दोस्रो बजारमा मार्जिन कारोबार सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । किनकि नेप्सेले कार्यविधि अनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको आधिकारिक सूची अझै सार्वजनिक गरिसकेको छैन ।
मार्जिन कारोबारका लागि लगानीकर्ताले मार्जिन कारोबार खाता र मार्जिन कारोबार हित ग्राही खातागरी दुई वटा छुट्टाछुट्टै खाता खोल्नुपर्ने हुन्छ । यसका लागि आवश्यक प्राविधिक प्रणाली अझै पूर्ण रूपमा तयार भइसकेको छैन । कार्यविधि भर्खरै आएकाले सबै ब्रोकर कम्पनीहरूले आफ्नो आन्तरिक कार्यविधि र प्रणाली तयार गरिसकेका छैनन् । ब्रोकरहरूले नेप्सेबाट छुट्टै अनुमति लिनुपर्ने र राष्ट्र बैंकको नीतिसँग पनि तालमेल मिलाउनुपर्ने प्रक्रिया बाँकी नै छ ।
नेप्सेका अनुसार प्राविधिक जनशक्तिले प्रणाली सुधार र खाता व्यवस्थापनमा काम गरिरहेका छन् । यी तयारीहरू पूरा भएपछि मात्र लगानीकर्ताले औपचारिक रूपमा ब्रोकरमार्फत ऋण लिएर शेयर खरिद गर्न पाउनेछन् ।
सरकारले यति व्यवस्था गर्दा समेत बजार भने अपेक्षा गरिए अनुसार बढ्न सकेको छैन । मार्जिन कारोबारले बजारमा तरलता बढाउने र ठुला लगानीकर्तालाई थप लगानीका लागि सहज हुने अपेक्षा गरिएको छ ।
यता ब्याजदर ऐतिहासिक रूपमा न्यून, सरकार र केन्द्रीय बैंक दुवैको बजारमैत्री नीति, कम्पनीहरूको उत्कृष्ट नाफा घोषणाहरू । तर यथार्थमा नेप्से सुस्त गतिमा, साइडवेज ट्रेन्डमा अड्किएको छ ।
उत्कृष्ट समाचार आउँदा पनि बजार बढ्नुको साटो बेचबिखनको दबाबमा परिरहेको छ। छोटो अवधिका उतार–चढावहरू हुन्छन्, तर स्थायी उकालो चढेको छैन । धेरै समय नेप्से २५ देखि ३ हजारको विन्दुमै बसिरहेको छ। हालको बजार मनोविज्ञान, मौसमी प्रभाव, ३ हजार इन्डेक्सको मनोवैज्ञानिक अवरोध र अनुकूल परिस्थिति हुँदा हुँदै बजार किन उठ्न सकिरहेको छैन भन्ने कारणहरू विश्लेषण गरिएको छ।
नयाँ सरकार गठन हुँदै गर्दा बजारले कस्तो गति लिन्छ त्यो भने भावि अर्थमन्त्रीको नीतिमा भर पर्नेछ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



