बालेनले लिए प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ
काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै बालेन शाह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।



