सरकारको १०० दिन असफल रहेको प्रचण्डको दाबी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यसम्पादन पूर्णतः असफल भएको दाबी गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले जनतालाई दिएका आश्वासन र प्रतिबद्धताअनुसार परिणाम दिन नसकेको बताएका हुन्।

प्रचण्डले सरकार गठनका बेला सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई ठूलो अपेक्षा दिलाइएको भए पनि तीमध्ये अधिकांश प्रतिबद्धता कार्यान्वयन हुन नसकेको आरोप लगाए। ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका १०० दिन पूर्णतः असफल भएको देख्छु, उनले भने।
सरकारले भने आफ्नो १०० दिनमा सुशासन, डिजिटल सेवा विस्तार, सहकारी पीडितलाई राहत, प्रशासनिक सुधार तथा आर्थिक क्षेत्रमा केही उपलब्धि हासिल गरेको दाबी गरिरहेको छ। यद्यपि स्वतन्त्र विश्लेषणहरूले सरकारको १०० बुँदे कार्ययोजनामध्ये करिब एकतिहाइ मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको र बाँकी अधिकांश योजना प्रक्रियामै रहेको देखाएका छन्।
![]() |
![]() |
![]() |
|---|
राजनीतिक सहकार्यको प्रसंगमा प्रचण्डले तत्काल वाम एकताको कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे। उनले अहिलेको आवश्यकता पार्टी एकीकरणभन्दा पनि साझा राष्ट्रिय मुद्दामा सहकार्य रहेको बताए।



