Close

Recent Posts

पुर्व सन्चारकर्मी बनिन् कानुन मन्त्री

पुर्व सन्चारकर्मी बनिन् कानुन मन्त्री
  • १३ चैत्र २०८२, शुक्रबार १३:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुनमन्त्री बनेकी छन्। नेपाल टेलिभिजनमा सन्चारकर्मीको रुपमा काम गरेकी गौतम कानुन मन्त्री बनेकी हुन् ।

mulpatra

भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहालाई हराएकी हराउँदै गौतमले चितवन क्षेत्र नम्बर ३ बाट विजय प्राप्त गरेकी थिइन् ।

२०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित उनले पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन्।

mulpatra mulpatra mulpatra

गौतम कानुनकी विद्यार्थी हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेसनल कलेजबाट बिए एलएलबी गरेकी छन्।

नेपालबाट इन्टर पार्लियामेन्टरी युनियन सदस्य बनेकी उनी स्वास्थ्य समिति सदस्यमा निर्वाचित भएकी थिइन्। उक्त युनियनमा स्वास्थ्य र समावेशी नीति निर्माणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

तीनवर्षे संसदको कार्यकालमा सोबिताले संसदको कानुन, न्याय र मानवअधिकार समिति सदस्य भएर काम गरेकी थिइन्।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com