Close

Recent Posts

संविधानविद् निलाम्बर आचार्यले भने प्रतिशोध र धरपकडले भलो गर्दैन

संविधानविद् निलाम्बर आचार्यले भने प्रतिशोध र धरपकडले भलो गर्दैन
  • १४ चैत्र २०८२, शनिबार ०९:०६

काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् ।

mulpatra

हिजो मात्र प्रधानमन्त्रीका रुपमा सपथ रास्वपाका बालेन शाह नेतृत्वको नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, आचार्यले ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’

mulpatra mulpatra mulpatra

प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट र पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ ।

उनीहरु दुबैको स्वास्थ्य परिक्षण पछि हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।