Close

Recent Posts

एमालेको प्रदर्शन मा झपड, माइतघर बबरमहल क्षेत्र ठप्प

एमालेको प्रदर्शन मा झपड, माइतघर बबरमहल क्षेत्र ठप्प
  • १४ चैत्र २०८२, शनिबार १६:५८

काठमाडौं । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि रोक्न खोजेको प्रहरी र प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

mulpatra

प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोज्दा झडप भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा प्रदर्शनकारी अघि बढेका छन् ।

mulpatra mulpatra mulpatra

झडप उग्र बन्दै जान थालेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

माइतीघर क्षेत्रमा भेला भएका एमाले नेता कार्यकर्ताहरू नाराबाजी गर्दै बबरमहलतर्फ अघि बढेका थिए। बबरमहलको मूल सडकमै प्रदर्शनकारीहरूले टायर बालेका थिए।

प्रदर्शनकारीलाई रोक्न खोजेपछि एउटा निजी गाडीको सिसा पनि फुटाएका छन्। बबरमहलबाट प्रदर्शनकारीको एक समूह सिंहदरबारको दक्षिण गेटतिर लागेको थियो त्यहाँ समेत प्रहरीले लाडी चार्ज गरेको छ ।

Image Source: © https://mulpatra.com

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com