सभामुख चयनका लागि चैत २२ गते निर्वाचन

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन
  • १८ चैत्र २०८२, बुधबार १६:२४

काठमाडौं– प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन् ।

mulpatra

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनको पहिलो बैठकको कार्यसूचि र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिए । उनकाअनुसार प्रतिनिधि सभाको बिहीवारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उनले बताए ।

साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया सुरु गरिनुका साथै शिर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ । सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका शहीदहरुप्रति श्रध्दान्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।

mulpatra mulpatra mulpatra