सुहाङले प्रस्तावक र समर्थक नपाएपछि एमाले संसदीय दलको नेतामा थापा निर्विरोध निर्वाचित

सुहाङले प्रस्तावक र समर्थक नपाएपछि एमाले संसदीय दलको नेतामा थापा निर्विरोध निर्वाचित
  • १८ चैत्र २०८२, बुधबार १६:४०

काठमाडौं– नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए ।

mulpatra

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए । सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए ।

mulpatra mulpatra mulpatra

यद्यपि उनले समर्थक र प्रस्तावक पाएनन् । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुने भएका हुन् ।