Close

Recent Posts

मुद्दामा सफाइ पाएको भनेर जवाफ दिन किन डराए श्रममन्त्री शाह

शाह के बालेननिटक नै हुन् त ?

मुद्दामा सफाइ पाएको भनेर जवाफ दिन किन डराए श्रममन्त्री शाहशाह के बालेननिटक नै हुन् त ?
  • १९ चैत्र २०८२, बिहीबार १३:३५

काठमाडौं– बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साह पत्रकारले प्रश्न सोध्दासोध्दै जुरुक्क उठेर हिँडेका छन् । अहिले उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

mulpatra

हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित एक पत्रकारले उनलाई सोधेका थिए,‘एमबीबीएसमा पास गराइदिने भन्दै रकम लिएको, पक्राउ परेको समाचार आएको थियो । तपाईँ अहिले मन्त्री हुनुहुन्छ । त्यही दिपककुमार साह तपाईँ हो ?’

प्रश्नको प्रष्ट जवाफ नदिइकन उनी कुर्सीबाट उठेर हिँडेको भिडियोमा देखिन्छ । अहिले यसै विषयलाई सामाजिक सञ्जालमा मसला बनाइएको छ ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री बालेन्द्र (बालेन) साहनिकट मन्त्री साह महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । एमबीबीएस परीक्षामा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा तत्कालीन वल्र्ड वाइड कन्सल्टेन्सीका सञ्चालक साह पक्राउ परेका थिए ।

तर उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन् । तर, उनी मन्त्री भएपछि सो मुद्दालाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । तर उनले आफुमाथि लागेको मुद्दाको सफाइ समेत पाइसकेका छन् । तर पत्रकारको प्रश्नको जवाफ दिन किन डराए भन्ने अर्को प्रश्न समेत उठेको छ ।