कोरोला नाकाबाट भित्रिएका पौने ८ सय विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं –उत्तरी नाका कोरोला हुँदै नेपाल भित्रिएका ठूलो संख्याका विद्युतीय गाडीहरूलाई सशस्त्र प्रहरी बलले आफ्नो नियन्त्रणमा लिएको छ ।

भन्सार प्रक्रिया पूरा नगरी राजस्व छलेर ती सवारीसाधनहरू ल्याइएको हुनसक्ने आशंकामा प्रहरीले देशका विभिन्न स्थानबाट कुल ७७४ वटा गाडीहरू समातेको हो ।
बुधबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा विशेष अपरेसन चलाएर ती गाडीहरूलाई रोकिएको सशस्त्र प्रहरीले जनायो ।
![]() |
![]() |
![]() |
|---|
चिनियाँ सीमा जोडिएको मुस्ताङको कोरोला नाकाबाट भित्रिएका यी गाडीहरूलाई रोक्नका लागि सशस्त्र प्रहरीले आफ्ना विभिन्न गण तथा गुल्महरूबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेको थियो ।
मुस्ताङस्थित नम्बर ३३ गुल्म, म्याग्दी गुल्म, पर्वतको नम्बर २५ चण्डिका गण र कास्कीको नम्बर २४ कालिका गणबाट खटिएका टोलीहरूले विभिन्न गुडिरहेका र रोकिएका गाडीहरूलाई नियन्त्रणमा लिएका हुन् ।
यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार छलीकै आशंकामा थप दुई वटा गाडीहरू नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
Image Source: © https://mulpatra.com
पक्राउ गरिएका यी सबै सवारीसाधनहरूमाथि थप छानबिन र कानुनी कारबाही अघि बढाउनका लागि सम्बन्धित सरकारी निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले उल्लेख ग¥यो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



