प्रगतिशीलबाट संघको अध्यक्षमा अधिकारी, खत्री र कट्टेलको चर्चा
काठमाडौं– नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालबाट वैदेशिक रोजगार व्यवसाय संघको आगामी साधारण सभामा ३ जनाको चर्चा सुरु भएको छ ।

संघको आगामी नेतृत्व चयनको तयारी तीव्र बन्दै जाँदा मञ्चभित्र अध्यक्ष पदका आकांक्षीहरूको चर्चा सुरु भएको हो । संघको अध्यक्ष पदका लागि मञ्चबाट मुक्तिनथा अधिकारी, डिककुमार खत्री र मिलन केट्टलकै चर्चा छ । तर मञ्चले कसलाई अध्यक्ष बनाउने भनेर छलफलमा छ ।
अधिकारी र खत्री दुवै मञ्चमा लामो समय राजनीतिक गदै आएका व्यवसायी हुन् । मञ्चका महासचिव समेत रहेको कट्टेलको पनि अध्यक्षमा उनीहरुसँगै चर्चा छ । युवा व्यवसायी भएका कारण पनि कट्टेल अहिले अध्यक्ष आवश्यक रहेको बताएको छ ।
![]() |
![]() |
![]() |
|---|
तीनै जना व्यवसायीले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, व्यवसायीको हकहित संरक्षण तथा संघलाई थप प्रभावकारी बनाउने एजेन्डासहित नेतृत्वमा दाबी गरेका छन् । खत्री स्पष्ट वक्ता र व्यवसायीका हकहितका लागि प्रष्ट बोल्ने व्यवसायी हुन् । भने खत्रीले व्यवसायीभन्दा पनि समस्या केन्द्रीत आवाज उठाउँदै आएका छन् ।
खत्रीले व्यवसायीमैत्री नीतिगत सुधार र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन् । व्यवसायी र श्रमिक दुवैको हितलाई सन्तुलित रूपमा सम्बोधन गर्ने नेतृत्वको आवश्यकता औँल्याएका छन् ।
त्यस्तै केट्टल वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन संघले सशक्त भूमिका खेल्नुपर्ने धारणा राख्दै आएका छन् ।
Image Source: © https://mulpatra.com
साथै अधिकारी पनि वैदेशिक रोजगारी समस्या समाधानका लागि आफनो बलियो उपस्थीति समेत जनाउँदै आएका छन् ।
मञ्चभित्र अध्यक्ष पदका लागि एकभन्दा बढी आकांक्षी देखिएपछि सहमति, आन्तरिक प्रतिस्पर्धा वा साझा उम्मेदवार चयनबारे पनि छलफलको तयारी भइरहेको जनाइएको छ ।
संघको निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूह र संगठनभित्र नेतृत्वका लागि दाबी बढ्दै गएको छ, जसले आगामी चुनावी माहोललाई थप रोचक बनाएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



