व्यवसायिक आवाज बनेर प्रज्ञान न्यौपाने पनि संघको अध्यक्षका लागि मैदानमाव्यवसायी अर्थतन्त्रको पाटो हो, कसैको स्वार्थ होइन
काठमाडौं– नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दावेदार रहेको व्यवसायी प्रज्ञान न्यौपाने बताएका छन् । संस्थागत निर्णय भए आफु अध्यक्षको उम्मेदवार बन्न तयार रहेको उनले बताएका हुन् ।

वैदेशिक रोजगारीमै कामदार पठाउँदै आएका प्रज्ञान न्यौपाने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा नेतृत्व गरिसकेका छन् ।
रोजगार व्यवसायीहरूको हक, हित र अधिकारका विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका न्यौपाने संस्थागत निर्णय भए जेठ २४ गते हुने वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् ।
![]() |
![]() |
![]() |
|---|
दशकौँदेखि वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधार, व्यवसायीका समस्या समाधान तथा श्रमिकमैत्री व्यवस्था निर्माणका पक्षमा सक्रिय न्यौपाने व्यवसायीहरूबीच परिचित नाम हो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा नेतृत्व गर्दा आफनो कार्यसमिति र्निविरोध चयन गराउन सफल भएका थिए ।
व्यवसायीका साझा मुद्दालाई निरन्तर उठाउँदै आएका उनी संघलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री बनाउने एजेन्डासहित नेतृत्वमा आउन लागेको चर्चा व्यवसायी वृत्तमा छ । तर व्यवसायी साथीभाइले संघको अध्यक्ष पदमा उठ्ने चर्चामा ल्याउनु उपयुक्त विषय भएको र यस विषयमा छलफमै रहेको उनले बताए ।
Image Source: © https://mulpatra.com
व्यवसायीमाथि बढ्दो प्रशासनिक दबाब, नीतिगत अन्योल तथा श्रमिक र व्यवसायी दुवैका समस्या समाधानका लागि सशक्त नेतृत्व आवश्यक रहेको र यस विषयमा आफुले योजना बनाएर व्यवसायिक हितमा काम गर्ने समेत बताए ।
‘वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन संघले सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने धारणा राख्दै आएका छन् । सरकारले व्यवसायीलाई कानुनी घेरामा राखेको छ त्यति नै कामदारलाई पनि जिम्मेवार बनाउनुपर्छ भन्ने आजाव मेरो हो ।’ उनले भने ।
संघको आगामी नेतृत्व चयनको चर्चा चलिरहेका बेला उनका समर्थकहरूले व्यवसायीको वास्तविक आवाज नेतृत्वमा पुग्नुपर्ने भन्दै न्यौपानेलाई अध्यक्षका लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेका छन् । तर उनले भने संस्थागत निर्णय भए मात्र आफु उम्मेदवार हुने जनाएका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा हुँदा उनले व्यवसायी सुधार, २०७२ सालमा फ्रि भिसा र फ्रि टिकट नीतिगत समस्या भन्दै आन्दोलन, व्यवसायलाई आधुनिक सुधार, सरकारको नीतिगत समस्याको दमन र नीतिगत सुधारका लागि आवश्यक आवाज बनेको म्यानपावर व्यवसायीहरुनै बताउँछन् ।
न्यौपाने हाल संघको सदस्य सचिव सल्लाहकार भएर काम गरिरहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



