गुरुङको ‘स्टे अर्डर’मा अदालतको कारण आदेशपछि संघको साधारणसभा २४ मै
काठमाडौं– वैदेशिक रोजगारी व्यवसायी संघको साधारणसभा जेठ २४ मै हुने भएको छ । संघमा विवाद भएपछि अध्यक्ष भुवन गुरुङ नेतृत्व विघटन भएको थियो ।

गुरुङले काठमाडौं जिल्ला प्रशासनले विधानअनुसार साधारण सभा जेठ १४ गते गर्न निर्देशन दिएको थियो । उक्त आदेशविरुद्ध संघका अध्यक्ष भुवनसिंह गुरुङ अदालत गएका थिए । अदालतले कारण देखाउ आदेश दिदै उनले निर्वाचन रोक्न दिएका रिट खारेज गरेको छ । गुरुङले आजै अदालतबाट ‘स्टे अर्डर’का लागि दिएको रिट नै खारेज भएको छ ।
निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १४ गते कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले सामूहिक राजीनामा दिएका थिए ।
![]() |
![]() |
![]() |
|---|
संघको विधानको दफा २६ को उपदफा (४) को व्यवस्थाबमोजिम कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिए कार्यसमिति स्वतः विघटन हुने प्रावधान छ ।
त्यसबीचमा विवाद मिलाउने प्रयास भए पनि सफल नभएपछि वैशाख २८ गते अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमिति विघटन गरी सोही दिन सल्लाहकारहरुको रोहबरमा प्रबन्ध समिति गठन गरिएको थियो । उक्त समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाएर निर्वाचन सम्पन्न गराउनुपर्ने विधानमा उल्लेख छ ।
गुरुङ पक्षले भने निर्वाचन स्वीकार गरेको थिएन । स्वार्थ समूहको चलखेलमा निर्वाचन गर्न लागिएको भन्दै यसलाई रोक्न गुरुङ बुधबार नै अदालत पुगेपनि अदालतले भने कारण देखाउ आदेश मात्र दिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



