कांग्रेसले १५ महाधिवेशनको तयारी तिब्र बनायो, जरा अभियान अन्र्तगत वडासम्म पुग्ने
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी थालेको छ । महाधिवेशनको तयारीलाई अघि बढाउन निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिएको छ। यस अभियानलाई तीव्रता दिन र व्यवस्थित गर्न कांग्रेसले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीले कार्यतालिका अनुसार चैत २१ गतेदेखि वडा तहसम्मै पुग्ने गरी सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरेको हो ।

कांग्रेसले गाउँ तहसम्म पुग्ने गरि जरा अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक अवस्थाको अध्ययन, नागरिक स्तरमा निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने चार वटा मुख्य कामहरू हुनेछन्। वैशाखभित्र क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशन केन्द्रित तयारीका कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूलाई जिम्मेवारी र कार्यदिशा स्पष्ट पारिएको हो।
![]() |
![]() |
![]() |
|---|
कांग्रेसले अब सबै सदस्यलाई डिजिटल प्रणालीमार्फत नयाँ सदस्यता वितरण गरिने जनाएको छ ।



