कांग्रेसनिटक ‘पटके गुण्डा’ सानुभाइ हिरासतमा हुँदा ठमेलका व्यवसायी खुशी
काठमाडौं– विभिन्न आपराधिक घटनामा संलग्न सानुभाइ भन्ने युवराज गुरुङलाई प्रहरीले गए राति दरबारमार्गबाट पक्राउ गरेको छ ।

उनी नुवाकोट, ककनी गाउँपालिका ५ का २६ वर्षीय गुरुङ यसअघि विभिन्न हुलहुज्जतपूर्ण कसुरमा पटक पटक पक्राउ पर्दै आएका पटके गुण्डा हुन् ।
रात्रिकालीन व्यवसायीहरूलाई धाकधम्की दिएर आर्थिक लाभ लिने कारण उनी पक्राउ परेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसको अर्जुननरसिंह केसी समूह निकट मानिन्छन् ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लोपटक असोज २८ गते राति ठमेलबाट पक्राउ परेका थिए । क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमणको आरोपमा पक्राउ थिए ।
सार्वजनिक शान्ति खलल गरेको अभियोगमा उनलाई म्याद थपेर हिरासतमा राखिने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।



