फ्रि भिसा, टिकटलाई नीतिगत सुधारनै वैकल्पिक उपाय भएको संघकी कोषध्यक्ष सिजालीको स्टाटस
काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जुन मन्त्री आएपनि सुधारका नाममा प्रचार मात्र गर्ने गरेको व्यवसायीले आरोप लगाउन थालेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघकी कोषाध्यक्ष कोषाध्यक्षमा धनमाया सिजालीले सामाजिक सञ्जालमा फ्रि भिसा र फ्रि टिकटमा पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार शाहले दिएको अभिव्यक्ति लक्षित फेसबुकमा स्टाटस लेखेकी छिन् ।
उनले फ्रि भिसा र फ्रि टिकटको अध्ययन नै नगरी लोकप्रियताका लागि चर्चाको विषय बनाउन खोजीको समेत आरोप लगाएकी छिन् । सरकारले करोडौ धरौटी राख्न लगाउने अनि फ्रि भिसा र फ्रि टिकटका नाममा नीतिगत सुधार नगरी कानुनी कडाइ गर्ने खोजिएको विषयमा प्रश्न उठाएकी छिन् ।
![]() |
![]() |
![]() |
|---|
सिजालीको स्टाटस
जुन जोगी आए पनि कानै चिरेका भने जस्तै, सस्तो लोकप्रियताको लागि जे पनि बोल्ने प्रवृत्ति अहिले नेतृत्वमा देखिन थालेको छ। विशेषगरी श्रम क्षेत्र जस्तो संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने स्थानमा रहेका व्यक्तिहरूले सोचेर बोल्नु अत्यन्त आवश्यक हुन्छ ।
श्रमिक लिने देशहरूले भिसा र टिकटको व्यवस्था नगर्ने अवस्था अनि अर्को चाखलाग्दो र लाजमर्दो विषय , सरकार आफैंले १०,००० रुपैयाँमा कामदार पठाउन सकेको छैन , लाखौं रुपैयाँ लिएर क्यगतज प्यचभब र क्ष्कचबभ िदेशहरूमा कामदार पठाइरहेको छ ।
Image Source: © https://mulpatra.com
अझ विडम्बना त के छ भने, हामी वैदेशिक रोजगार व्यवसायीहरूले ३ करोडदेखि ६ करोड रुपैयाँ,बिना ब्याज धरौटी राखेर इजाजतपत्र लिएका छौं। यति ठूलो लगानी र जिम्मेवारी बोकेका हामी व्यवसायीहरूले चाहिँ १० हजार रुपैयाँमै कामदार पठाउन दबाब दिनु कत्तिको व्यवहारिक छ ?
यदि सरकार साँच्चै श्रमिकमैत्री नीति बनाउन चाहन्छ भने, नीतिहरू यथार्थमा आधारित, व्यवहारिक र सबै सरोकारवालालाई समेट्ने हुनुपर्छ । केवल लोकप्रिय कुरा गरेर होइन, दीर्घकालीन समाधान दिने नीति र कार्यान्वयन आवश्यक छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



