Close

Recent Posts

पत्रकार अधिकारी भन्छन् ‘फ्रि भिसा फ्रि टिकट’मा नीतिगत सुधार नगरे वैदेशिक रोजगारी ३०–४० प्रतिशतमा खुम्चिन्छ

पत्रकार अधिकारी भन्छन् ‘फ्रि भिसा फ्रि टिकट’मा नीतिगत सुधार नगरे वैदेशिक रोजगारी ३०–४० प्रतिशतमा खुम्चिन्छ
  • २२ चैत्र २०८२, आईतवार १५:५१

काठमाडौं–‘फ्रि भिसा फ्रि टिकट’ नामको पपुलर नाराले मात्र वैदेशिक रोजगार क्षेत्रको वास्तविक व्यवहार नसुध्रिने पत्रकार अनिल अधिकारीले औल्याएका छन् ।

mulpatra

‘फ्रि भिसा फ्रि टिकट’लाई अहिलेकै नीतिलाई नसच्याई जबरजस्ती गरेर जाँदा वैदेशिक रोजगार क्षेत्र ’फ्रिज’ हुने सम्भावना रहेको अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

अधिकारीले ‘फ्रि भिसा फ्रि टिकट’को नीतिगत सुधार नगरे वैदेशिक रोजगारको डिमाण्ड क्रमश ३०–४०% मा खुम्चनेछ ।

mulpatra mulpatra mulpatra

साथै डिमाण्ड घटेसँगै वैदेशिक रोजगारमा जानेहरुको संख्या (आकांक्षी) बढ्दा अन्डरटेवलको बेथिति झनै बढ्ने स्थिति अनुमान गर्न सकिन्छ ।

सरकारले यो पनि स्मरण गर्नुपर्छ कि अहिलेको अवस्थामा कतिपय विदेश जाने युवा आफै ’जतिपनि पैसा तिर्न तयार छु, विदेश पठाईदेउ’ भन्दै आफै जाने गरेको पनि पाइएको छ । डिमाण्डको अभाव हुँदा यस्तो प्रवृति झन् बढ्दै जाने देखिन्छ ।

त्यसैले क्रमशः सिस्टम सुधार आवश्यक छ । यदि पूर्णतः निशुल्क गर्ने हो भने क्रमश शुल्क परिमार्जन सहित कार्यान्वयनको मापन राज्यले गर्नुपर्छ । आक्रामक बन्ने हो भने त्यसै अनुसारको चौतर्फी अट्याक गर्न सक्ने क्षमता सरकारमा हुनुपर्दछ ।

Image Source: © https://mulpatra.com

१. म्यानपावर व्यवसायीलाई सेवाशुल्क अधिकतम १ महिनाको तलब मात्र लिन दिएर अन्यथा गरे सिधै खारेजको कानुनी सुनिस्चितता गर्न सकिन्छ ।
२. वैदेशिक रोजगारमा जान नागरिक एप मार्फत मात्र पैसा तिर्ने व्यवस्था गर्न सकिन्छ ।
३. नेपाल एअरपोर्टमा लागत खर्च र अवैध अभ्यासको निस्पक्ष छानबीनको लागि छुट्टै अडिट तथा सूचना कक्ष स्थापना गर्न सकिन्छ ।
४. निःशुल्क÷नैतिक भर्ना अभ्यासमा पठाउने काम मात्र गर्छु भन्ने म्यानपावरका लागि छुट्टै नीति सहित लाइसेन्सको व्यवस्था गर्न सकिन्छ ।
५. कन्सल्टेन्सी÷अवैध व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउने कार्यमा पूर्ण रुपमा निषेध गर्न सकिन्छ ।
६. म्यानपावर तथा एजेन्टहरुको सेटिङमा अनावश्यक÷आवश्यक मेडिकल (स्वास्थ्य परीक्षण) गराउने बेथितिलाई रोक्न अनलाइन सिस्टम आफैले कामदारले चाहेको जिल्ला अनुसार मेडिकल संस्था÷अभिमुखीकरण तालिम केन्द्र छनौट गरिदिने सिस्टमको बिकास गर्न सकिन्छ ।
सुधारको कुरा आजको भोलि भन्दा पनि निश्चित स्पष्ट टाइमलाईन बनाएर क्रमशः व्यवहारमुखी भई सुधारोन्मुख हुनुपर्दछ ।

अधिकारी वैदेशिक रोजगारी क्षेत्रमा लामो समयदेखि सुधारका लागि कमल चलाउने पत्रकार हुन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com