बिचौलिया भन्दै सरकारले फक्रिएपछि लेखापढी कानून व्यवसायी आन्दोलित
काठमाडौं– नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन ईकाई समितिले आफ्ना व्यवसायीहरूमाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै सशक्त आन्दोलनको घोषणा गरेको छ ।

आज एक विज्ञाप्ति जारी गर्दै एशोसिएशनले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट आधार र प्रमाणबिना व्यवसायीहरूलाई ‘बिचौलिया’को संज्ञा दिएर गिरफ्तार गरिएको भन्दै उक्त कार्यको भत्र्सना गरेको छ ।
एशोसिएशनका अनुसार मिति २०८२ चैत २२ गतेका दिन मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीहरूलाई प्रहरी प्रशासनले धरपकड गरी प्रहरी परिसर जावलाखेल पुरÞ्याएको थियो ।
![]() |
![]() |
![]() |
|---|
कानूनी रूपमा अनुमति प्राप्त गरी सञ्चालनमा रहेका भू–सेवा केन्द्रका सञ्चालक र लेखापढी व्यवसायीहरूलाई अपराधीको शैलीमा पक्राउ गरिएकोमा समितिले दुःख व्यक्त गरेको छ ।
समितिका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत अदालतबाट प्रमाणपत्र प्राप्त गरी हामीले सेवा दिँदै आएका छौँ ।
साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ बमोजिम भू–सेवा केन्द्र सञ्चालन गरिरहेका व्यवसायीलाई बिचौलिया भन्नु सरासर गलत र अपमानजनक छ ।’
Image Source: © https://mulpatra.com
प्रहरीको व्यवहारले पेशागत मर्यादा र संवैधानिक हक अधिकारमाथि आघात पुगेको निष्कर्ष निकाल्दै एशोसिएशनले विरोध स्वरूप नेपालभरिका लेखापढी व्यवसायीहरुले अर्को निर्णय नहुन्जेलका लागि पेन डाउन गर्ने निर्णय गरेका छन् ।
पेन डाउनका क्रममा कोही व्यवसायीले लुकिछिपी सेवा सुचारु गरेको पाइएमा विधान बमोजिम कारबाही गरिने र भविष्यमा संस्थाले कुनै पनि सहयोग नगर्ने स्पष्ट पारिएको छ ।
एशोसिएशनले राज्य पक्षबाट भएको अपमानजनक व्यवहार सच्चिएर निर्वाध रूपमा पेशा व्यवसाय गर्ने वातावरण सुनिश्चित नहुन्जेलसम्म आन्दोलन जारी रहने जनाएको छ । हिजो पक्राउ परेका लेखापढी व्यवसायीहरु छुटिसकेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



