इरानले पाकिस्तानमार्फत अमेरिका पठायो युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्ताव

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

इरानले पाकिस्तानमार्फत अमेरिका पठायो युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रस्तावइरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की
  • २४ चैत्र २०८२, मंगलवार १०:३१

काठमाडौं– इरानले अमेरिका र इजरायलसँग जारी युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले शान्ति प्रस्ताव अघि सारेको छ ।

mulpatra

इरानको सरकारी समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारिएको हो ।

यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले पाकिस्तानमार्फत् शान्ति प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ ।

mulpatra mulpatra mulpatra

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई मंगलबारसम्मको समयसीमा दिएका थिए । यदि स्ट्रेट अफ होर्मुज खुला नभए इरानका विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी ट्रम्पले दिएका थिए ।

मंगलबारसम्मको म्याद सकिनुभन्दा एक दिन अघि इरानले युद्ध सधैंका लागि अन्त्य गर्ने शान्ति सन्देश दिएको हो ।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देशहरूको आदान–प्रदान भएको पुष्टि गरेका थिए । तर उनले तेहरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गरेको बताएका थिए ।

Image Source: © https://mulpatra.com

समाचार एजेन्सी आई.आर.एन.ए.का अनुसार इरानको १० अनुच्छेदको जवाफमा युद्धविरामको अवधारणालाई ‘विगतका अनुभवहरू’ उल्लेख गर्दै अस्वीकार गरिएको छ । यसको सट्टा इरानले आफ्नै सर्तहरूमा दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ ।

एजेन्सीका अनुसार तेहरानले प्रस्तुत गरेको शान्ति सन्देशको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुज मार्फत सुरक्षित आवागमनको सुनिश्चितता, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउने व्यवस्था लगायतका विभिन्न मागहरु समेटिएका बीबीसीले जनाएको छ ।

इरानले परमाणु कार्यक्रम जारी राखेको भन्दै गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरु गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेता र उनीहरुका परिवारका सदस्यहरु मारिएका थिए ।

त्यसको बदलामा इरानले पनि इजरायल र खाडी देशहरुमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा आक्रमण सुरु गरेको थियो । अहिलेसम्म पनि जारी लडाइँले खाडी देशहरुमा असुरक्षा बढेको छ ।

साथै विश्वभर पेट्रोलियम पदार्थ ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध हुँदा तेलको मूल्य आकासिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् ।

सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई पुनः जोड दिएका हुन् ।

ट्रम्पले इरानका सबै पुल, भौतिक पूर्वाधार र ऊर्जा संरचना ध्वस्त पार्न सकिने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन् ।उनले भोलिसम्म सम्झौता नभए इरान ध्वस्त पार्ने बताए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com