पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय

पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय
  • २४ चैत्र २०८२, मंगलवार १४:०१

काठमाडौँ । इन्धन संकट बढ्दै गएपछि सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

mulpatra

इरान र इजरायल, अमेरिका युद्धका कारण इन्धनको मुल्य आकासिएको थियो । मुल्य अत्यधिक बृद्धि भएपछि आयल निगमलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भएको थियो ।

त्यसैलाई मध्यनजर गर्दै आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

mulpatra mulpatra mulpatra

सरकारले इन्धन संकटलाई व्यवस्थापन गर्न शनिवार र आइतबार गरि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।