गुणाकर भट्ट भए राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका भट्टले २५ बर्ष राष्ट्र बैंकमा विताएका छन् । उपाध्यक्ष बन्ने भएपछि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए।
![]() |
![]() |
![]() |
|---|



