अर्थतन्त्रको मेरुदण्ड मानिएको श्रम मन्त्रीलाई मर्यादाक्रम अन्तिममा राखियो
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार मन्त्रीहरूको मर्यादाक्रम तलमाथि गराएका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको मर्यादाक्रम फेरबदल गरेका छन् ।

१५ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक सबै मन्त्रीको मर्यादाक्रम परिवर्तन गरिएको छ । जसमा यसअघि १४ औँ नम्बरमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई अन्तिम अर्थात् पन्धौँ नम्बरमा झारिएको छ । तर वैदेशिक रोजगारीमा कार्यरत कामदारहरुले भने यसको चर्चा समेत सुरु गरेका छन् ।
अहिलेको सरकार बनाउन वैदेशिक रोजगारीमा कार्यरत कामदारको मतदानमा ठुलो भुमिका रहेको राश्वपा सभापति रवि रवि लामिछाने समेत संसद्मै बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
तर श्रममन्त्री साहलाई अन्तिम अर्थात् पन्धौँ नम्बरमा झारिएको विषयमा प्रश्न उठाउन थालेका छन् । जसमा रेमिटयान्सको अवमुल्यन गरेको समेत भनिएको छ ।
मर्यादाक्रम सूचीमा दोस्रो नम्बरमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेको स्थान यथावत् रहँदा यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ ।
चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई भने तेस्रो नम्बरमा उकालिएको छ । यसअघि पाँचौ नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई छैटौँमा झार्दा यसअघि छैटौँ नम्बरमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई चौथो नम्बरमा तानिएको छ ।
Image Source: © https://mulpatra.com
यस्तै सातौँ नम्बरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई १२औँ नम्बरमा राखिएको छ भने आठौँ नम्बरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई ११ औँ नम्बरमा झारिएको छ ।
यसैगरी यसअघि मर्यादाक्रममा नवौँ नम्बरमा रहेकी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतलाई १०औँ नम्बरमा लगिएको छ भने यसअघि १०औँ नम्बरमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई १३औँ नम्बरमा झारिएको छ ।
यसैगरी यसअघि ११औँ नम्बरमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासननमन्त्री प्रतिभा रावललाई नवौँ नम्बरमा उकालिएको छ भने यसअघि १२औँ नम्बरमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सातौँ नम्बरमा ल्याइएको छ ।
यसअघि १३औँ नम्बरमा रहेकी कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीलाई १४औँ नम्बरमा राखिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई आठौँ नम्बरमा उकालिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



