संसद्मा माइक नकाट्ने ‘अलपत्र’ रविको भाषणनै अलपत्र सभामुखले काट्न थाले माइक
काठमाडौं– ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’

यो अभिव्यक्ति रास्वपा सभापति रवि लामिछानेको हो । २०८२ फागुन १२ गते चुनावी प्रचारका क्रममा झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले विघटित प्रतिनिधिसभाका सभामुख तथा झापा– २ का उम्मेदवार देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका हुन् ।
यसपछि २०८२ चैत १९ गते बसेको प्रतिनिभिसभाको पहिलो बैठकमा सभापति लामिछानेले भने, ‘आस्थाका आधारमा फरक व्यवहार हुनेछैन । अन्यायपूर्वक सुन्नै मन नलागेर, कुरा नसुनौँ भनेर कसैको माइक काटौँ भनेर काटिनेछैन ।’ उनको यो अभिव्यक्तिलाई रास्वपाका सांसदहरुले टेबुल ठोकेर स्वागत गरे ।
![]() |
![]() |
![]() |
|---|
अहिले रास्वपाका तत्कालीन उपसभापति डीपी अर्याल सभामुख छन् । यही चैत २२ गते आइतबार सभामुखमा निर्वाचित भएपछि उनले रास्वपा उपसभापतिबाट राजीनामा दिए । यसको भोलिपल्ट सोमबार (चैत २३) उनले पहिलोपटक प्रतिनिसभा बैठक सञ्चालन गरे ।
तर, आफ्नै तत्कालीन सभापति लामिछानेले संसदमा दिएको अभिव्यक्ति र सांसदहरुले टेबुल ठोकेर गरेको स्वागतविपरीत सभामुख अर्यालले सांसद बोलिरहँदा माइक काटेका थिए ।
विशेष समयमा राप्रपाकी प्रमुख सचेतक खुम्बु ओलीले प्रधानमन्त्रीको शपथग्रहणमा शंखनाथसहित गरिएको स्वस्ती शान्ति वाचन र अष्ठमंगल पाठप्रति भइरहेका टिप्पणीको विरोध गरेकी थिइन् । उनले नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दा जनमत नलिएको र व्यक्तिको धार्मिक स्वतन्त्रताविपरीत प्रधानमन्त्रीको शपथग्रहणमा भएको शंखनाथसहितको स्वस्ती शान्ति वाचन र अष्ठमंगल पाठ विरोध भएको भन्दै आपत्ति जनाउँदै गर्दा सभामुख अर्यालले माइक काटेका थिए ।
Image Source: © https://mulpatra.com
यस्तै, मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका अधिकांश सांसदको माइक काटिएको छ । शून्य समयका लागि छुट्याइएको १ मिनेटको समय सकिएपछि माइक काटिएको हो ।
प्रतिनिधिसभामा दुईतिहाइ नजिक आरामदायी बहुमत ल्याएको सबैभन्दा ठूलो दल रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सांसदहरुले बोलिरहँदा माइक नकाटिने प्रतिबद्धता जनाएका थिए ।
अझै अघिल्लो प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका सभापति लामिछानेले नै नेतृत्व लिएको रास्वपाबाट सभामुख बनेका अर्यालले पनि सोमबार र मंगलबार दुवै दिन सांसदले बोल्दा माइक काटेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



