Close

Recent Posts

इरान र अमेरिका बीच दुई हप्ताको युद्धविराम घोषणा

इरान र अमेरिका बीच दुई हप्ताको युद्धविराम घोषणा
  • २५ चैत्र २०८२, बुधबार ०७:२५

काठमाडौँ । इरान र अमेरिका बीच दुई साताको युद्धविरामको घोषणा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रातभरिमा इरानको सम्भयता नष्ट गर्ने चेतावनी दिएर्क रात दुबै पक्षले स्टेटमेन्ट निकाल्दै युद्ध विराम भएको घोषणा गरेका हुन् ।

mulpatra

यसपटकको युद्धविराममा पाकिस्तानले मध्यस्थता गरेको थियो । पाकिस्तानको मध्यस्तता पछि आफैले दिएको समयसीमा सकिनुअघि ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमार्फत निर्णय परिवर्तन गरेको घोषणा गरेका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएका कुराकानीका आधारमा आफूले योजना रोकेको ट्रम्पले बताएका छन् । उनले इरानले हर्मुज अवरोध खोल्ने सहमति पनि गरेको बताएका छन् ।

mulpatra mulpatra mulpatra

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिकाबीच युद्धविराम सम्झौता भएको उल्लेख गरेका छन्। साथै यो सहमति ुलेबनान र अन्य क्षेत्रहरूुमा पनि लागू हुने र तुरुन्त प्रभावमा आएको बताएका छन्।

ट्रम्पको यस्तो वक्तव्य आएको केही समयमै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अस्थायी सहमति भएको पुष्टि गरेका छन्। ‘यदि इरानमाथि आक्रमण रोकिए भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले आफ्ना रक्षात्मक कारबाहीहरू पनि रोक्नेछन्,’ अराघचीले लेखेका छन्, ‘आगामी दुई हप्तासम्म इरानको सेनासँग समन्वय गरेर होर्मुज जलडमरूमार्फत आवागमन सम्भव हुनेछ।’