इजरायलस्थित नेपाली दूतावासले सूचना जारी गर्दै सतर्क रहन आग्रह
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि अत्यन्त जरुरी सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र जारी द्वन्द्वका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै दूतावासले यस्तो आग्रह गरेको हो।

दूतावासले इजरायल सरकारले जारी गरेका मापदण्ड, नियम तथा सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्न र साइरन तथा अन्य आपतकालीन संकेतबारे सधैं अद्यावधिक रहन नेपालीहरूलाई अनुरोध गरेको छ। साथै कुनै समस्या परेमा तत्काल दूतावाससँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
सूचनामा जहाँ बसोबास गरिरहेको छ, त्यहीँ सुरक्षित र सतर्क रहन, साइरन वा एसएमएस अलर्ट आएमा ढिलाइ नगरी नजिकको बम सेल्टरमा जान, तथा राहदानी, परिचयपत्रलगायत आवश्यक कागजात सधैं साथमा राख्न भनिएको छ।
![]() |
![]() |
![]() |
|---|
साथै सामाजिक सञ्जालमा युद्धसम्बन्धी सामग्री अनावश्यक रूपमा सेयर नगर्न र परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले अनुरोध गरेको छ।



