Close

Recent Posts

देशबाहिर रहेका देउवाको विज्ञप्तीः मेरो सम्पत्तिबारे भ्रम छरियो

देशबाहिर रहेका देउवाको विज्ञप्तीः मेरो सम्पत्तिबारे भ्रम छरियो
  • २५ चैत्र २०८२, बुधबार २१:५६

काठमाडौं । नयाँ सरकार गठन भएसँगै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएपछि आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन्।
बालेन सरकारले देउवा दम्पत्ति विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएपछि देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै सम्पत्तिबारे भ्रामक र झुटा प्रचारवादी गरेको बताएका हुन् ।

mulpatra

उनले लेखेका छन् ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ,ु उनले फेसबुकमा लेखेका छन्, ुभ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।’

उनले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गरेका छन् । साथै उनले अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।

mulpatra mulpatra mulpatra

उनले लेखेका छन्ः

आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ ।

Image Source: © https://mulpatra.com

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागु भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।

शेरबहादुर देउवा

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com