राइट टू रिकल लागु गर्ने बालेनको राश्वपाको दबाब, मन्त्रीलाई बर्खास्त गरिदैँ

राइट टू रिकल लागु गर्ने बालेनको राश्वपाको दबाब, मन्त्रीलाई बर्खास्त गरिदैँ
  • २६ चैत्र २०८२, बिहीबार १०:४३

काठमाडौं–सरकार नेतृत्वकर्ता दल रास्वपाले केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सरकार गठनको पूर्वसन्ध्यामा आयोजित सांसदहरुका लागि प्रशिक्षण कार्यक्रममा सभापति रवि लामिछानेले पार्टीको विधानमा व्यवस्था गरिएको राइट टू रिकलबारे जानकारी गराएका थिए ।

mulpatra

सोही व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन शाहले विवादमा परेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई बर्खास्त गर्ने भएका छन् । यसका लागि पार्टीको अनुशासन समितिमा छलफल भइरहेको छ ।

२०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।

mulpatra mulpatra mulpatra

तर, लगातार बैठकमा लगातार अनुपस्थित भएपछि उनी निलम्बनमा परेका थिए । तर, साह मन्त्रीमा नियुक्त भएपछि निलम्बनमा परेकी श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काइयो । यसपछि मन्त्री शाह विवादमा परेका छन् । उनकै योजनाअनुसार श्रेष्ठलाई बोर्ड सदस्यमा फर्काइयो दाबी गरिएको छ ।

विवादमा पर्ने मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीतिअनुसार राइट टू रिकलको व्यवस्था प्रयोग गरेर मन्त्री शाहलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने तयारी रास्वपाले गरेको हो ।

शाह महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com