पक्राउ परेको १३ औँ दिनमा रिहा भए ओली र लेखक, ओली भने अस्पतालमै बस्ने
काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ परेका उनीहरूलाई बिहीबार प्रहरीले परिवारको जिम्मा लगाएर रिहा गरेको हो ।

उनीहरू १४ चैतमा आ–आफ्नो निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले आज परिवारको जिम्मा लगाएको हो । लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
उनीहरूविरुद्ध अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
ओलीको आगामी मंगलबार पत्थरीको शल्यक्रिया गर्ने तयारी चिकित्सकहरूको छ । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीको स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए ।
ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो ।



