सामाजिक सञ्जालमा बादल लक्षित भनिएपनि ओलीविरुद्ध एमाले दोस्रो तहका नेताको मोर्चाबन्दीविषेश महाधिवेशन होला त ?
काठमाडौं– नेकपा एमालेमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’विरुद्ध शीर्ष नेताहरुनै खनिन थालेका छन् । एमालेभित्र लामो अन्तसंघर्ष जारी छ । अध्यक्ष ओली तेस्रो पटक नेतृत्वमा आएपछि एमालेभित्रको थप उकुसमुकुस पैदा भएको देखिन्छ ।

१८ चैतमा संसदीय दलको नेता उनै बादललाई बनाउँदा पनि नेताहरूबीच असन्तुष्टि झाँगिएको थियो । भोलिपल्ट अर्थात् १९ चैतको पहिलो संसद बैठकमा बादलले गरेको सम्बोधन नेताहरूले रुचाएनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बादलले पाएको कार्यवाहक अध्यक्षको जिम्मेवारीप्रति ओलीनिकट नेताहरू विष्णुप्रसाद पौडेल लगायत नै असन्तुष्ट थिए ।
![]() |
![]() |
![]() |
|---|
बिहीबार एमाले नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे र खिमलाल भट्टराईले बादलको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । स्वयमं एमाले उपाध्यक्ष पौडेलले एमालेको स्थापित नीति र मान्यताविपरीत अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरे ।
बिहीबार पुनः एमालेनेताहरूले कार्यवाहक अध्यक्ष बादलविरुद्ध अभिव्यक्ति दिनुमा उनकै अभिव्यक्ति कारक बनेको छ । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा उनले पार्टीमा दक्षिणपन्थी लुकिरहेका र १९ गते संसदमा दिएको अभिव्यक्तिमार्फत तिनलाई बाहिर ल्याएको प्रतिक्रिया दिए । उनको भनाइ उपाध्यक्ष पौडेल र उपमहासचिव भट्टराई लक्षित थियो ।
एमाले नेता सुरेन्द्र पाण्डेलेसमेत माओवादी जनयुद्धको भास्य एमालेको आधिकारिक भाष्य नभएको भन्दै एमालेको मूल बाटो ‘जनताको बहुलदीय जनवाद’ रहेको र त्यसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्ने स्पष्ट पारेका छन् ।
Image Source: © https://mulpatra.com
साथै पाण्डेले पार्टीको झण्डा मुनि गोलबद्ध भएपछि बोली र व्यवहार पार्टी दस्ताबेजसँग मेला खाने हुनुपर्ने बताउँदै उनले उल्लेख गरेका छन्, ‘अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन् ।’
योगेश भट्टराईले कवितामार्फत बादलको कटाक्ष गरेका छन् । भनेका छन्
‘बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !’
संसद्मा बादलले दिएको अभिव्यक्ति प्रति सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने समेत बताएका थिए । त्यस्तै सोही दिन पार्टी उपमहासचिव योगेश भट्टराईले समेत आफ्नै दलको संसदीय दलका नेतामा अभिव्यक्ति माथि सार्वजनिक रूपमा प्रश्न गरेका थिए ।
बादलको सोही भनाइलाई बिहीबार नै काउन्टर दिन उपाध्यक्ष विष्णु पौडेलनिकट मानिने नेता खिमलाल भट्टराईले ’बादलले एमालेमा फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो’ भन्दै प्रक्रिया दिए । सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै भट्टराईले बादललाई कार्यवाहक र दलको नेताको जिम्मेवारी दिने पार्टी अध्यक्ष ओली र सचिवालयका नेताहरूले बेलैमा सोच्नुपर्ने पनि बताएका छन् ।
११ औँ महाधिवशेनमा विद्या भण्डारी पक्षले नेता ईश्वर पोखरेलको नेतृत्वमा प्यानल नै बनाएर ओलीविरुद्ध चेक दिए पनि १९ पदाधिकारी मध्ये उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्रै चुनाव जित्न सके ।
ओली पक्राउ परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका र संसदीय दलको नेता समेत शंकर पोखरेलको दबाबमा बनेका बादलको पछिल्लो प्रतिक्रियाबाट उत्पन्न परिस्थितिले दोश्रो तहका नेतालाई एकठाउँमा ल्याएको छ । निर्वाचनमा लज्जास्पद हारका कारण उत्पन्न परिस्थिति र बादलको प्रतिक्रिया पछि दोश्रो तहका नेताहरु कसरी अगाडी बढ्न त्यो भने हेर्न बाँकी छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



