बैशाखबाट शुरु हुने नागढुंगा सुरुङमार्ग प्रयोग वापत तिर्नुपर्ने कर सार्वजनिक
काठमाडौं । यही बैशाखबाट सन्चालनको तयारीमा रहेको नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको हो।

पाँच बर्षका लागि चीनिया कम्पनीले सन्चालनको जिम्मा लिएको सुरुङ मार्ग प्रयोग गरेवापत सवारी साधन अनुसार फरक फरक दस्तुत तोकिएको छ ।
यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
राजपत्रमा जारी गरिएको सुचना अनुसार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ।
त्यस्तै मिनी बस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ। मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।



