आज उपसभामुख चयन हुँदै, रुवी कुमारी निश्चित
काठमाडौँ । बिहिबार उम्मेदवारी दर्ता सकिएपछि आज उपसभामुख पदका लागि निर्वाचन हुँदैछ । आज दिउसो बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको निर्वाचन गर्ने कार्यसूचि रहेको छ ।

उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा बिच प्रतिस्पर्धा हुने भएको छ ।
रास्वपाको समथर्नमा रुवी कुमारी उम्मेदवारी बनेकी हुनु । रास्वपाले समर्थन गरेपछि रुबि कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत रहेको कारण आज ठाकुर उपसभामुख हुँदैछिन् ।
![]() |
![]() |
![]() |
|---|
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाका सभापति रबि लामिछाने समर्थन गर्ने जनाएपछि उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको बताएका थिए । तर अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीलाई सघाउने भएपछि लामाको प्रस्तावक स्वयं ज्ञानबहादुर शाही बसे भने राप्रपाकै खुश्बु ओली, ताहिर अलि र भरत गिरी समर्थक रहेका छन् ।



