Close

Recent Posts

संसदको चालु अधिवेशन आजबाट अन्त्य हुँदै, राष्ट्रपतिले सम्बोधन गर्ने

संसदको चालु अधिवेशन आजबाट अन्त्य हुँदै, राष्ट्रपतिले सम्बोधन गर्ने
  • २७ चैत्र २०८२, शुक्रबार ०८:३६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

mulpatra

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।

यसैबीच, आजै राति १२ बजेबाट लागू हुने गरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।

mulpatra mulpatra mulpatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन समापनसँगै सरकारले आगामी बजेट अधिवेशनको तयारी अघि बढाउने भएको छ।

संवैधानिक व्यवस्था अनुसार संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार राष्ट्रपतिसँग भए पनि यो प्रक्रिया मन्त्रिपरिषद्को सिफारिसमा आधारित हुने व्यवस्था छ।